लागु औषध सहित कपिलवस्तुमा ३ जना पक्राउ

[sharethis-inline-buttons]

लुदअ, कपिलवस्तु
कपिलवस्तु प्रहरीले लागु औषध सहित ३ जनालाई पक्राउ गरेको छ । प्रहरीले मानिस तथा सवारी साधन चेकजाँच गर्ने क्रममा बिचौवापुर देखी पचेहरा तर्फ जाँदै गरेको लु ३० प १८७० नं को स्कुटीलाई रोकी चेकजाच गर्ने क्रममा दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा स्कुटी चालक बाणगंगा ८ मधुवनका २६ वर्षिय कृष्ण भण्डारी र स्कुटी पछाडी सवार बाणगंगा ४ सिद्धीपुरका १९ वर्षिय मोहित चौधरी रहेको प्रहरी उपरिक्षक प्रेम बहादुर बस्नेतले बताउनुभयो ।

स्कुटी चालक कृष्ण भण्डारीले लुकाई छिपाई राखेको लागु औषध ब्राउन सुगर जस्तो खैरो गिलो पदार्थ २ ग्राम १०० मिलीग्राम फेला पारी बरामद गरिएको उहाँले बताउनुभयो । स्कुटी चालक भण्डारीले कपिलवस्तु नगरपालिका ७ धमौली बस्ने बर्ष २४ को सोनु खटिकसँग खरिद गरी ल्याएको बताएका थिए ।

सोनु खटिको घरमा गई शरिर घरकोठा खानतलासी गर्दा सुत्ने कोठामा कालो प्लाष्टिकमा बेरी लुकाई छिपाई राखेको लागु औषध ब्राउन सुगर जस्तो खैरो गिलो पदार्थ २ ग्राम ७०० मिलीग्राम फेला पारी उक्त लागु औषध र नगद रु २४ हजार २ सय ५० रुपैया बरामद भएको बस्नेतले बताउनुभयो ।

दुवै स्थानमा बरामद भएको लागु औषध ब्राउन सुगर जस्तो खैरो गिलो पदार्थ ४ ग्राम ८०० मिलीग्राम बरामद लागु औषध, लु ३०प१८७० नम्बरको स्कुटी र नेपाली रु र २४ हजार २ सय ५० रुपैया सहित कृष्ण भण्डारी, मोहित चौधरी र सोनु खटिकलाई पक्राउ गरी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।


प्रकाशित : २०८० बैशाख ३०, शनिबार १८:१५