कपिलवस्तुका उखु किसानको धर्नामा सांसद अधिकारीको ऐक्यबद्धता

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

कपिलवस्तु ५ जेठ । कपिलवस्तुका उखु किसान पिडितहरु द्धारा काठमाण्डौको माइतीघर मण्डलामा दिएको धर्ना कार्यक्रममा आज कपिलवस्तु क्षेत्र नं १ का सांसद बलराम अधिकारी र राष्ट्रिय सभा सदस्य बिमला घिमिरेले सहभागी भई ऐक्यबद्धता जनाएका छन् ।

सरकारले दिनुपर्ने साढे २ करोड रकम भुक्क्तानी मिल मालिकले पाए पनि आफूहरूले नपाएको भन्दै उनीहरू आन्दोलनमा उत्रिएका हुन्।आ.व. २०७१ ÷०७२ मा सरकारले रकम दिने निर्णय गरेको भए पनि अहिलेसम्म कपिलवस्तुका करिब ८ हजार किसानले आफ्नो उखुको मूल्य नपाएको कपिलवस्तु किसान संघका अध्यक्ष अनुपकुमार चौधरीले बताएका छन् । किसानहरूले मिल सञ्चालक आफ्नो उखुको मूल्य माग गर्दा नदिने भएपछि आफूहरू काठमाडौं आएको पिडित किसानहरूले बताएका छन्।

कपिलवस्तुबाट ४ दिनअघि काठमाडौं आएको उखु किसान माइतीघर सडकमै बस्दै आएका छन्।कपिलवस्तुको शिवराज नगरपालिकामा रहेको महालक्ष्मी सुगर्स मिलले पैसा माग्न जादाँ सरकारले दिने भन्ने र सरकारले मिल सञ्चालकले लगेको छ भनेर अल्मलाइरहेको किसान बताउँछन।उखु बेचेको ८ वर्ष पूरा भए पनि किसानले पैसा नपाएको गुनासो गरेका छन्।


प्रकाशित : २०८० जेष्ठ ५, शुक्रबार २०:२३