
लुदअ, कपिलवस्तु
कपिलवस्तुको बाणगंगा नगरपालिका स्थित प्रगतिशिल युवा क्लवको प्रथम वार्षिक अधिवेशन तथा साधारण सभा कार्यक्रम शनिबार सम्पन्न भएको छ ।
बाणगंगा नगरपालिका वडा नम्बर ७ मोतिपुर स्थित प्रगतिशिल युवा क्लवको आयोजनामा सम्पन्न भएको कार्यक्रममा क्वलका अध्यक्ष शंकर प्रसाद न्यौपानेको अध्यक्षता तथा फुलबारी समुदायिक वन समुहका अध्यक्ष जयलाल गिरीको प्रमूख आतिथ्यता रहेको थियो । यस्तै कार्यक्रममा बाणगंगा नगरपालिका वडा नम्बर ७ का वडा सदस्य तथा क्वलका सल्लाहाकार हरिशंकर पौडेल र मोतिपुर खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष शेषकान्त बेल्वासेको विशिष्ठ आतिथ्यता रहेको थियो । यस्तै कार्यक्रममा नारायण बेल्वासे, बोम बहादुर कुवँर, नवराज भण्डारी, लिल बहादुर राना, दामोदर गिरी, छेदा थारु लगाएतको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा फुलबारी सामुदायिक वनका अध्यक्ष जयलाल गिरीले मोतिपुर प्रगतिशिल युवा क्लवले समुदायमा राम्रा गतिविधि संचालन गरेको भन्दै आगामी दिनमा पनि अझै सक्रियताका साथ समाज विकासमा सक्रिय हुन सुझाव दिनुभयो ।
यसैबीच क्वलको सम्पन्न अधिवेशनले शंकर प्रसाद न्यौपानेको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा प्रिङ्का थारु, सचिवमा विष्णु आचार्य, कोषाध्यक्षमा दिनेश खनाल र सह सचिवमा असिम भट्टराई चयन भएका छन भने सदस्यहरुमा क्रमशः बसन्ता भुषाल, विजय पोख्रेल, गोबिन्द क्षेत्री, उदिप पुन, आशिका मगर, अन्जली थारु, मधु खनाल, माधव पौडेल र करिश्मा पाण्डे रहेका छन् ।
क्लवका उपाध्यक्ष विनोद थापा मगरको स्वागत मन्तव्य र सचिव प्रिङ्का थारुको संचालनमा सम्पन्न कार्यmक्रममा क्वलका अध्यक्ष न्यौपानेले वडा नम्बर ७ मा क्लवले विगतका दिनमा गरेका कामको जानकारी गराएका थिए भने उनले आगामी दिनमा समेत क्वलको माध्यमबाट वडाको सामाजिक क्षेत्रमा योगदान दिने प्रतिबद्धता जाहेर गरेका छन् । मोतिपुर प्रगतिशिल युवा क्लवले विगतका दिनमा देउसी भैलोको रकमबाट सडकमा सिसिटिभी क्यामेरा जडान, सरसफाईलगाएतका गतविधि गरेको उनको भनाइ थियो । यस्तै उनले खेलकुदका माध्यमबाट युवाहरुको क्षमता विकासका काम पनि क्लवले गरेको उनले बताएका छन् ।