बझाङमा हिमपहिरोमा परेर १ जनाको ज्यान गयो, २ घाइते, २ बेपत्ता

[sharethis-inline-buttons]

लुदअ जेठ ७, बझाङ
बझाङमा यार्सागुम्बा सङ्कलनमा गएका एक जनाको हिमपहिरोमा परेर ज्यान गएको छ । आज आइतवार सुर्मा गाउँपालिका–२ मा पर्ने धानशेरा भन्ने ठाउँमा हिमपहिरो जाँदा एक जनाको ज्यान गएको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी सत्यकुमारी जोशीका अनुसार यार्सा सङ्कलन गर्ने क्रममा हिमपहिरो जाँदा दुई जना घाइते भएका छन् भने दुई जना बेपत्ता भएका छन् । घटनाको जानकारी हुनासाथ नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली घटनास्थलतर्फ गएको सहायक प्रमुख जिल्ला अधिकारी जोशीले बताउनुभयो । उहाँका अनुसार जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जनक ढुङ्गाना र सशस्त्र प्रहरीका प्रहरी नायब निरीक्षकसहितको टोली घटनास्थलमा परिचालन गरिएको छ ।

हिमपहिरोमा परेर ज्यान गुमाउने, घाइते र बेपत्ता हुनेको परिचय खुलेको छैन ।


प्रकाशित : २०८० जेष्ठ ७, आईतवार १९:३४