पूर्ण सरसफाई अभियान तथा फोहोर मैला व्यवस्थापन सम्बन्धि सचेतना मूलक अभियान

[sharethis-inline-buttons]

लुदअ कपिलवस्तु जेठ ८
कपिलवस्तु नगरवासिको शान पूर्ण सरसफाई अभियान’ भन्ने नारा सहित पूर्ण सरसफाई अभियान तथा फोहोर मैला व्यवस्थापन सम्बन्धि तिन दिने सचेतना मूलक कार्यक्रमको समापन गरिएको छ । मायाँदेवी बहुउद्देश्यीय महिला सहकारी संस्था लिमिटेड कपिलवस्तु नगरपालिका ६ गोवरीको आयोजना इन्सेक, मानव अधिकार समूह कपिलवस्तुको समन्वय तथा कपिलवस्तु नगरपालिका वडा नं. ६ को वडा कार्यालयको आर्थिक सहयोगमा उक्त सचेतना मूलक अभियानको समापन गरिएको हो ।

वडा नं. ६ मा पहिलो दिन गोवरी र तिलौरा , दोश्रो दिन लक्ष्मी नगर, सेमरी र तेश्रो दिन थुमुवा चोक हुँदै शिवपुरा, निगालि हुँदै रामापुर पुगेर अभियानको कोणसभा गरी कार्यक्रमको समापन गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथी कपिलवस्तु नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष रामजित कुर्मीले यस सरसफाई अभियानमा स्थानियहरुले लापर्वाही गरे स्थानियतहबाट दिईने सेवासुविधा बाट बञ्चित हुने बताउनु भयो । सरसफाई नै मानव जिवनको मुख्य आधार भएको हुँदा वडावासी सम्पूर्ण नागरिकहरुले पूर्ण सरसफाईमा ध्यान दिन आग्रह गर्नु भयो । घरमा सौचालय भएका सबैले दिशापिसाव सौचालयमा गर्न अनुरोध गर्दै समन्वय भूमिका खेल्ने इन्सेक मानव अधिकार समूह र आयोजक संस्थालाई धन्यवाद दिनुभयो ।

कार्यक्रममा अतिथी श्री बुद्ध बिद्या पीठ प्राविका प्रधानाध्यापक पार्वती भुषालले सरसफाईमा सबै समुदाय लाग्न जरुरी भएको बताउनु भयो । बिद्यालयलाई सरसफाई राख्न र जिर्ण भवनको मुहार फेराउन अभिभावक तथा स्थानियको साथ सहयोगको खाँचो भएको उहाँको भनाई छ ।

यस्तै बिद्यालयका शिक्षक राम प्रसाद भुषालले सरसफाईको महत्वबारे बताउँदै सबैले सौचालयमा दिशा पिसाप गर्न आग्रह गर्नुभयो । अभिभावकहरुले जस्तो सिकायो बालबालिकाहरुले पनि त्यस्तै सिकाई सिक्ने भएको हुँदा यस बिषयमा अभिभावक सचेत हुनुपर्नेमा जोडदिनु भयो ।

इन्सेक मानव अधिकार समूह लुम्बिनी प्रदेश संजाल संयोजक तथा मायाँदेवी बहुउद्देश्यि महिला सहकारी संस्थाका संस्थापक पुष्पा रेग्मीले समापन कार्यक्रमको सहजीकरण गर्दै सरसफाईमा सबैले ध्यान दिनुपर्ने र आफ्नो घरदेखि निस्किएको फहोरमैला आ आफैंले व्यवस्थापन गर्न सम्पूर्णमा आग्रह गर्नु भयो ।

तिनदिन सम्म संचालन अभियानमा गाउँघरमे शौचालय बनावाजाय अपना अपना ईज्जत बचवाजाय, खुला दिशा नर्कको भिसा, चर्पिको प्रयोग कराजाय बहुबिटीयाके ईज्जत बचावजाय, चर्पी बाहिर दिशा पिसाव गर्नेलाई जरिवाना गरौं, हाम्रो घरमा चर्पी छ यसमा हामीलाई गर्व छ, सबैले उमालेको पानी पिंऔं झाडापखालाबाट बचौं भन्ने नारा सहितको ¥यालि बिभिन्न स्थानहरुमा गरिएको थियो ।

यस्तै साबुन पानीको प्रयोग गरौं हरेक रोगहरुबाट बचौं, माक्स लगाऊ कोरोना भगाऊँ , स्वस्थ्य सुखी र संमृद्ध घर परिवार देश बिकासको आधार लगाएतका प्लेकार्ड सहित गोवरी चौराहा देखि माईकिङ् र प्लेकार्ड सहित निकालिएको ¥याली तिलौरा गाउँ हुँदै गोवरीमा पुगेर कोणसभामा परिणत भएको थियो ।

जेठ ६ गते देखि शुरु भएको अभियानको जेठ ८ गते रामापुर श्री बुद्ध पीठ बिद्यालयमा कार्यक्रमको समापन गरिएको मायाँदेवी बहुउद्देश्यि महिला सहकारी संस्थाका अध्यक्ष सिता पाण्डेले जानकारी दिनु भयो । कार्यक्रममा इन्सेक प्रतिनिधि ,आयोजक संस्थाका संचालक समिती, सेयर सदस्यहरु, संचाकर्मी, बिद्यार्थी, अभिभावकहरु लगाएतको उपस्थिती रहेको थियो ।


प्रकाशित : २०८० जेष्ठ ८, सोमबार १९:५६