कपिलवस्तुका उखु कृषकको माग तत्काल सम्बोधन गर्न सांसद घिमिरेको माग, सरकारको ध्यानाकर्षण

[sharethis-inline-buttons]

हरि आचार्य, कपिलवस्तु
राष्ट्रिय सभा सांसद बिमला घिमिरेले कपिलवस्तु जिल्लाका ३१ जना उखु कृषकहरु माईतिघर अगाडि १ हप्ता सम्म धर्नामा बस्दा समेत सरकारले उचित सम्बोधन गर्न नसकेको भन्दै सरकारलाई ध्यानाकर्षण गराउनुभएको छ । राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद घिमिरेले कपिलवस्तुको महालक्ष्मी सुगर मिलका सञ्चालक विरेन्द्र कनौडियाले २०७१/७२ सालमा सरकारले किसानका लागि दिएको अनुदान रकम करिव २ करोड ५० लाख र आफ्नो मिलले भुक्तानी गर्नुपर्ने रकम गरि जम्मा करिव ८ करोड आहिले सम्म भुक्तानी नदिएको भन्दै कृषकहरु धर्नामा बसेको कृषकहरुको माग तत्काल सम्बोधन गर्नका लागि नेपाल सरकार र कृषि मन्त्रीको ध्यानाकर्षण गराउनुभएको हो ।

सांसद घिमिरेले तत्काल मिल सञ्चालकलाई बोलाई कृषकको माग सम्बोधन गर्न आग्रह गर्नुभएको छ । नेकपा (एमाले) पार्टी पोलिटब्युरो सदस्य समेत रहनुभएका सांसद घिमिरेले कृषकहरुको मागलाई सरकारले वेवास्ता गर्नु लज्जास्पद रहेको बताउनुभएको हो ।


प्रकाशित : २०८० जेष्ठ ११, बिहीबार १६:५४