केदारनाथ अटो मोवाईल्सले ल्यायो ‘बजाज एक्सजेन्ज धमाका’ : ५ बर्षको कर समेत आफै तिरिदिने

[sharethis-inline-buttons]

हरि आचार्य, कपिलवस्तु
बजाज कम्पनीको आधिकारीक विक्रेता केदारनाथ अटो मोवाईल्स प्रा.लि.जितपुरले नयाँ बजाज एक्सजेन्च धमाका अफर ल्याएको छ । पछिल्लो समय बजाज कम्पनीका मोटरसाईकल खरिद गर्नेको संख्या दिनानुदिन बढिरहदा केदारनाथ अटो मोवाईल्स प्रा.लि.ले ग्राहकहरुको माग र आवश्यकतालाई मध्यनजर गरि नयाँ एक्सचेन्ज अफर ल्याएको हो । यो अफर केदारनाथ अटो मोवाईल्स प्रा.लि.जितपुरको शाखा तौलिहवा मार्फत यहि जेठ २२ गते देखि २६ गते सम्म बुद्ध पदम विद्यालयको मैदान तौलिहवमा सञ्चालन गरिने छ ।

बजाज एक्सजेन्च धमाका अफर अन्तर्गत अब ग्राहकहरुले ५ बर्ष कर फेल मोटरसाईकलको २३ हजार ५ सय सम्मको कर कम्पनी आफैले तिरिदिने भएको छ भने पुराना बाईकको १० हजार थप गरि मुल्यांकन गर्ने केदारनाथ अटो मोवाईल्स प्रा.लि.जितपुरका सञ्चालक बिष्णु पाठकले बताउनुभयो ।

त्यस्तै १ सय २५ सिसी सम्मको मोटरसाईकल फाईनान्समा खरिद गर्दा शुन्य ब्याजदरमा २४ महिने फाईनान्स, नगद खरिद गर्दा १ सय ९२ लिटरको ब्राण्डेड फ्रिज ग्राहकले प्राप्त गर्ने छन् । यता एसेसरीज प्याकेजमा भने हेल्मेट, लेगगार्ड, मोटरसाईकल ढाक्ने कवर र बजाज झोला समेत प्राप्त गर्ने छन् ।

त्यस्तै भने १ सय २५ सिसी भन्दा माथिका मोटरसाईकल खरिद गर्दा आधार रकम फाईनान्स गर्न चाहेमा १ बर्ष शुन्य ब्याजदरमा फाईनान्स गरिनेछ भने नगद खरिद गर्दा ८ हजार छुट ग्राहकले पाउँने छन् ।

बजाजका हरेक मोटरसाईकल खरिद गर्दा ५ बर्ष वा ६० हजार किलोमिटर गुड्दा सम्म गरिने २२ वटा सर्भिसिङ मध्ये ७ वटा सर्भिसिङ निःशुल्क गरिने सञ्चालक पाठकले पत्रकार सम्मेलन मार्फत जानकारी दिनुभएको छ ।

यो अफर केदारनाथ अटो मोवाईल्स प्रा.लि.जितपुरको शाखा तौलिहवा मार्फत यहि जेठ २२ गते देखि २६ गते सम्म बुद्ध पदम विद्यालयको मैदान तौलिहवमा सञ्चालन गरिने भएकाले लाभ लिन ग्राहकहरुलाई अनुरोध गरिएको छ ।

 


प्रकाशित : २०८० जेष्ठ २१, आईतवार २०:२६