केदारनाथ अटो मोबाइल्सबाट डिस्कभर बाईक किन्दा १ किलो चाँदी उपहार

[sharethis-inline-buttons]

लुदअ, कपिलवस्तु
भाग्यमानी सलाहुद्धिन जोलहाले बजाज मोटरसाईकल खरिद गर्दा १ किलो चाँदी उपहार जितेका छन् । बजाज मोटरसाइकल नेपालका लागि आधिकारिक विक्रेता कम्पनी हंशराज हुलास चन्द एण्ड कम्पनीले नेपाली नयाँ वर्ष २०८० लक्षित गर्दै नयाँ वर्ष अफर ल्याएकोमा केदारनाथ अटोमोबाईल्स प्रा.लि. बैरीयाबाट डिस्कभर १२५ सिसीको मोटरसाईकल खरिद गर्दा जोलहाले १ किलो चाँदी उपहार प्राप्त गरेको केदारनाथ अटोमोबाईल्स प्रा.लि. बैरीयाका प्रमुख बिष्णु पाठकले बताउनु भयो । सो उपहार पाठकले हस्तान्त्रण गर्नुभएको हो ।

बजाजको नेपाली बजारमा २५ वर्ष पुगेको अवसरमा नयाँ वर्ष स्कीम सार्वजनिक गरेको छ। कम्पनीले नगद छुट, लो डाउन पेमेन्ट, एक्सचेन्ज जस्ता सुविधा सहितको नयाँ वर्षको स्कीम ल्याएको छ ।

कम्पनीका अनुसार नगदमा मोटरसाइकल किन्न चाहाने ग्राहकले नगद १० हजार रुपैयाँ छुट र निःशुल्क सामानहरु पाउने छन् । त्यस्तै, फाइनान्स सुविधामा मोटरसाइकल किन्न चाहने ग्राहकले २५ प्रतिशत डाउन पेमेन्ट गरेर खरिद गर्न सक्नेछन् ।

पछिल्लो समय बजाजका मोटरसाईकल खरिद गर्न ग्राहकरु उत्साहित बनेका छन् ।


प्रकाशित : २०८० असार ५, मंगलवार १४:१२