७ नं. वडाको उत्कृष्ट काम : १ चौकीदार, १ छाता, १ लाईट, १ हातेमाईक कार्यक्रम

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

हरि आचार्य, कपिलवस्तु
वडाका हरेक जातजाती, वर्ग, उमेर, लिंग र पेशा अंगालेका वडावासीहरुलाई समावेश गर्दै जनप्रतिनिधिको महशुस गर्दै आएको कपिलवस्तुको बाणगंगा नगरपालिका वडा न.७ ले अर्को महत्वपुर्ण कार्य गरेको छ । वडा कार्यालयले आफ्नो वडा भित्रका सबै चौकीदारहरुलाई आवश्यक पर्ने सामग्रीहरु प्रदान गरि नयाँ र फरक कार्य गरेको छ ।

वडाको चालु आर्थिक बर्षको १ चौकीदार, १ छाता, १ लाईट, १ हातेमाईक कार्यक्रम अन्तर्गत सबै चौकीदारहरुलाई १ छाता, १ लाईट र १ हातेमाईक हस्तान्त्रण गरेको छ । वडा कार्यालयमा आयोजित कार्यक्रममा बाणगङ्गा नगरपालिका वडा नं. ७ मा कुनै पनि बैठक, भेला, कुलाही गर्दा चौकिदारहरुलाई हाक हाल्न सजिलो होस्, सबैले खबर सुचना पाउन्, सुन्न सकुन्, रातीको समय र बर्षाको समयमा पनि समस्या नपरोस् भन्ने उद्देश्यले सबै टोलका चौकिदारहरुलाई १ छाता, १ लाइट, १ हाते माइक बितरण गरिएको ७ नम्बर वडाका वडाध्यक्ष बिष्णु गिरीले लुम्बिनी दर्पणलाई जानकारी दिनुभएको छ ।

विगका दिनमा वालवालिका, ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति, विद्यार्थी सबैलाई समावेश गरिएको र एकिकृत विकासको अभियान ल्याउने उद्देश्यले वडा भित्र रहेका सबै चौकीदारहरुलाई उक्त सामग्री प्रदान गरिएको वडाध्यक्ष गिरीले बताउनुुभयो ।

वडा अध्यक्ष विष्णु गिरीले सडक, नाली जस्ता भौतिक विकास निर्माणले मात्र समृद्ध वडा नहुने भएकाले वडावासीलाई प्रत्यक्ष रुपमा टेवा पुग्ने खालका लक्षित वर्गका कार्यक्रमलाई पनि निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो । वडा कार्यालय सबैको साझा सरकार भएकाले वडाका सबै नागरिकलाई समावेश गर्नु आफ्नो दायित्व रहेको बताउनुभयो ।

यस भन्दा अघिको कार्यकालमा पनि विष्णु गिरीको नेतृत्वमा रहेको ७ नम्बर वडा ५ बर्ष नै नगरमै योजना पुरा गर्नेमा पहिलो वडा हुंदै आएको छ ।

सामग्री पाएसंगै चौकीदारहरुले खुसी व्यक्त गर्दै वडाका जनप्रतिनिधिलाई धन्यवाद दिएका छन् ।

वडाध्यक्ष गिरीको अध्यक्षता, वडा सदस्य साबित्रा चौधरी, मुम बहादुर पाण्डे, हरि शंकर पौडेल, पार्वती सुनार, सम्पूर्ण टोल विकास संस्थाका पदाधिकारी, स्थानीय समाजसेवी, बुद्धिजीवी लगाएतको उपस्थिति रहेको कार्यक्रम वडा सचिव सन्तोष कुमार बैठाको सञ्चालनमा सम्पन्न भएको थियो ।


प्रकाशित : २०८० असार ७, बिहीबार १८:०३