अकुत सम्पत्ति कमाएको आरोपमा विद्युत् प्राधिकरणका तत्कालीन इन्जिनियर यादव विरुद्ध मुद्दा

[sharethis-inline-buttons]

लुदअ असार ७, काठमाण्डौ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अकुत सम्पत्ति कमाएको आरोपमा नेपाल विद्युत् प्राधिकरणका तत्कालीन मेकानिकल इन्जिनियर कृष्णप्रसाद यादवविरुद्ध मुद्दा दायर गरेको छ ।

आयोगले आज बिहीवार यादवविरुद्ध एक करोड ४२ लाख ५२ हजार पाँच सय ५० रुपैयाँ बराबरको बिगो जरिबाना, कैद सजायसमेत माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

प्राधिकरणको विभिन्न कार्यालयमा कार्यरत रहँदा यादवले स्रोत नखुलेको सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको पाइएको आयोगले जनाएको छ । २०४८ साल फागुन १ गते सार्वजनिक सेवामा प्रवेश गरेका यादवले २०७९ जेठ १ गतेसम्म सेवामा रहँदा तीन करोड १३ लाख ९८ हजार पाँच सय रुपैयाँ बराबरको खर्च तथा लगानी गरेको पाइएको छ । सेवामा रहँदा यादवको वैध आय एक करोड ७१ लाख ४६ हजार रुपैयाँमात्रै रहेको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिनुभयो ।

 


प्रकाशित : २०८० असार ७, बिहीबार १९:०१