ताजा अपडेट

ब्राइट लुम्बिनी : शिक्षा, व्यवसाय र समाजको त्रिवेणीमा अग्रणी संस्था

कपिलवस्तुमा रोपाइँमा जाँदै गरेका दुई महिलाको ट्र्याक्टर दुर्घटनामा मृत्यु

बन्द कोठाभित्र युवतीको शव, अनुसन्धानका लागि तालिमप्राप्त कुकुर परिचालन

दाउन्ने(दुम्कीवास सडकको वैकल्पिक मार्ग पनि अवरुद्ध

पाल्पाको तिनाउ खोलामा उत्खनन् गरिरहेको स्काभेटर गाउँपालिकाद्वारा नियन्त्रण

कैलालीमा १६ दिनकी सुत्केरी भाउजूको देवरबाट हत्या, सुनको लोभले भयो हत्या

“तीन वर्षभित्र नेपालीको आम्दानी २,१०० डलर नजिक, विकासशील राष्ट्रको हैसियत पाउन तीनै सूचक पूरा”

इरान आक्रमणपछि राष्ट्रको नाममा सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पद्वारा सेनाको प्रशंसा

इरानमाथिको अमेरिकी आक्रमणप्रति महासचिव गुटेरेसको गहिरो चासो, विश्व शान्तिका लागि खतरा भएको चेतावनी

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

बाणगंगा नगरपालिका वडा नं ४ बासिका लागि नेपाली कांग्रेसका उमेद्वार दिनेशको हार्दिकता

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

श्रम स्वीकृति लिएर कुवेत हिंडेका १ सय १७ जना श्रमिक विमानस्थलबाटै फिर्ता

Lumbini Darpan 2 २०८० असार २८, बिहीबार १३:४२
[sharethis-inline-buttons]

लुदअ २८ असार, काठमाडौं
त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले कुवेत जान लागेका ११७ जना श्रमिकलाई विमानस्थलबाटै फर्काएको छ । भिसा शंकास्पद रहेको भन्दै अध्यागमन कार्यालयले बुधबार साँझ सलाम एयरमार्फत कुवेत जान लागेका १०१ जना र बिहीबार बिहान कुवेत एयरमार्फत कुवेतमा जान लगेका १६ जना श्रमिकलाई विमानस्थलबाट फर्काएको हो ।

विभिन्न म्यानपावर कम्पनीमार्फत विभिन्न कम्पनीहरुमा काम गर्न भन्दै वैदेशिक रोजगार विभागबाट उनीहरूले श्रम स्वीकृति पनि लिइसकेका थिए । तर, अध्यागमनले सोधपुछका क्रममा विदेशमा घरेलु श्रमिकका रुपमा लैजान लागेको देखिएको भन्दै फर्काइदिएको हो । फर्काइएकामध्ये करिब आधा महिला पनि छन् ।

अध्यागमन विभागमा महानिर्देशक झलकराम अधिकारीका अनुसार श्रमिकको पासपोर्टमा एउटा खालको भिसा र ब्यागेजमा अर्को भिसाको कागजात रहेको पुष्टि भएपछि उनीहरुलाई फर्काइएको हो । ‘घरेलु श्रमिकका रुपमा नेपालबाट कुवेतमा जान मिल्दैन, तर फरक–फरक भिसाका कागज बनाएर म्यानपावर कम्पनीले लागेको पुष्टि भएपछि उहाँहरुलाई प्रस्थान अनुमति नदिएका हौं,’ उनले भने, ‘करिब ८० जना श्रमिकले हामीलाई नै भिसाबारे अनुसन्धान गरिदिन आग्रह गर्नुभएको छ ।’

उनका अनुसार पछिल्ला केही दिनमा कुवेतमा यस्तो भिसामा जानेहरुको संख्या बढेपछि जानेहरुसँग सोधपुछ बढाइएको थियो । त्यही क्रममा बुधबार कुवेत जान हिंडेकाहरुसँग अनौपचारिक रुपमा सोधपुछ गर्दा राहदानीमा एउटा भिसा लगाएर र कागजातमा अर्कै काम गर्ने गरी जान लागेको पुष्टि भएको विभागको दाबी छ ।

‘यसबारे श्रम मन्त्रालय र गृह मन्त्रालयका सचिवज्यूहरुसँग हामीले छलफल गरिसक्यौं,’ उनले भने, ‘थप अनुसन्धान गरेर सम्बन्धित निकाय ९वैदेशिक रोजगार विभाग० मा सम्बन्धित म्यानपावरलाई कारवाही गर्न लेखी पठाउँछौं ।’ जाली भिसा लगाएको पुष्टि भएमा विभाग आफैंले पनि कारवाही गर्ने महानिर्देशक अधिकारीले बताए ।

स्रोतका अनुसार इन्डेक्स म्यानपावरबाट ४७, युथ म्यानपावरबाट ३२ र निलकलम एचआरबाट २४ जना, सुलभ म्यानपावरमार्फत ४ जना श्रमिकले कुवेतको भिसा लगाएर श्रम स्वीकृति पाएका थिए ।

वैदेशिक रोजगार व्यवसायी संघले भने अध्यागमन कार्यालयको कदमको विरोध गरेको छ । संघका अध्यक्ष राजेन्द्र भण्डारी श्रम स्वीकृति लिएर हिंडिसकेका श्रमिकलाई विना कारण रोकेर दुःख दिने काम मात्रै भइरहेको बताउँछन् ।

‘सरकारले नै भिसा जाँचेर श्रम स्वीकृति दिएको छ, तर अध्यागमनले शंका लाग्यो भन्दै रोक्ने काम सही हैन,’ उनले भने, ‘अनाश्यवक रुपमा दुःख दिने काम भइरहेको छ, यसबारे गृहमन्त्रीज्यूसँगै कुरा राख्छौं ।’

आइतबार श्रम स्वीकृति लिएर जोर्डन हिंडेका १५ जनालाई अध्यागमन कार्यालयले विमानस्थलबाट फर्काएको थियो । एससीसी म्यानपावर कम्पनीबाट जोर्डनको मास क्रेडा अल सफीमा काम गर्न अनुमति पाएका महिला श्रमिकहरुलाई अध्यागमनले शंकास्पद भिसा भन्दै फर्काएको थियो ।


प्रकाशित : २०८० असार २८, बिहीबार १३:४२

Lumbini Darpan 2

लेखकबाट थप

  • ‘मिराई ईन्टरनेशनल ल्यांग्वेज सेन्टर’ द्धारा युवा क्लवलाई खेलकुद सामग्री सहयोग
  • कपिलवस्तुका घिमिरे अनेरास्ववियुको केन्द्रीय सदस्यमा लोकप्रिय मत सहित विजयी
  • अनेरास्ववियु महाधिवेशनः कपिलवस्तुका घिमिरेको केन्द्रिय सदस्यमा उम्मेद्वारी, को हुन् घिमिरे ?
  • गर्मीका कारण बाणगंगाका विद्यालयमा चार दिन बिदा
  • ‘मिराई ईन्टरनेशनल ल्यांग्वेज सेन्टर’ चारनम्बरमा विद्यार्थीको आकर्षण बढ्दो, यी हुन सुविधा
प्रतिक्रिया

यो पनि पढौँ

ब्राइट लुम्बिनी : शिक्षा, व्यवसाय र समाजको त्रिवेणीमा अग्रणी संस्था

दाउन्ने(दुम्कीवास सडकको वैकल्पिक मार्ग पनि अवरुद्ध

पाल्पाको तिनाउ खोलामा उत्खनन् गरिरहेको स्काभेटर गाउँपालिकाद्वारा नियन्त्रण

कैलालीमा १६ दिनकी सुत्केरी भाउजूको देवरबाट हत्या, सुनको लोभले भयो हत्या

“तीन वर्षभित्र नेपालीको आम्दानी २,१०० डलर नजिक, विकासशील राष्ट्रको हैसियत पाउन तीनै सूचक पूरा”

डेढ करोड मूल्य बराबरको सुनसहित २ जना पोखरामा पक्राउ

चितवनमा बस र माइक्रो ठोक्किए: ७ जनाले ज्यान गुमाए, १८ घाइते

आश्चर्यजनक: ७७% निर्यात वृद्धि हुँदा पनि व्यापार घाटा १४ खर्ब पुग्यो

इरानमा फसेका नेपाली नागरिकलाई भारतले उद्धार गर्ने

धादिङमा तीन सवारी ठोक्किँदा दुर्घटना, एक जना घाइते

पाल्पा तानसेन–१४ अर्गलीमा कृषकलाई मिनि टिलर, कम्बाइन मिल र कन्सेलर वितरण

‘मिराई ईन्टरनेशनल ल्यांग्वेज सेन्टर’ द्धारा युवा क्लवलाई खेलकुद सामग्री सहयोग

भर्खरै

  • ब्राइट लुम्बिनी : शिक्षा, व्यवसाय र समाजको त्रिवेणीमा अग्रणी संस्था

  • कपिलवस्तुमा रोपाइँमा जाँदै गरेका दुई महिलाको ट्र्याक्टर दुर्घटनामा मृत्यु

  • बन्द कोठाभित्र युवतीको शव, अनुसन्धानका लागि तालिमप्राप्त कुकुर परिचालन

  • दाउन्ने(दुम्कीवास सडकको वैकल्पिक मार्ग पनि अवरुद्ध

  • पाल्पाको तिनाउ खोलामा उत्खनन् गरिरहेको स्काभेटर गाउँपालिकाद्वारा नियन्त्रण

  • कैलालीमा १६ दिनकी सुत्केरी भाउजूको देवरबाट हत्या, सुनको लोभले भयो हत्या

  • “तीन वर्षभित्र नेपालीको आम्दानी २,१०० डलर नजिक, विकासशील राष्ट्रको हैसियत पाउन तीनै सूचक पूरा”

  • इरान आक्रमणपछि राष्ट्रको नाममा सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पद्वारा सेनाको प्रशंसा

  • इरानमाथिको अमेरिकी आक्रमणप्रति महासचिव गुटेरेसको गहिरो चासो, विश्व शान्तिका लागि खतरा भएको चेतावनी

  • “अमेरिकाको आक्रमण : इरानका तीन आणविक साइट प्रभावित”


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

Follow Us

  • YouTube

© 2025: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech