एनआरएनए कुवेतको बरिष्ठ उपाध्यक्षमा गिरी निर्वाचित

[sharethis-inline-buttons]

लदअ, कुवेत । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतको बरिष्ठ उपाध्यक्षमा होमनाथ गिरी निर्वाचित भएका छन् । गत शुक्रबार आगामी (२०२३–२०२५)को लागी भएको निर्वाचनमा गिरी बरिष्ठ उपाध्यक्ष पदमा निर्वाचित भएका हुन् ।

कुवेत सिटीको मालियास्थित INN & GO होटलमा सम्पन्न आठौं अधिवेशनले राणध्वज लामाको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध चयन गरेको छ ।

अधिवेशनबाट आइसीसी सदस्यमा हरि लावती, वरिष्ठ उपाध्यक्षमा मान बहादुर तामाङ र होम नाथ गिरी, उपाध्यक्षमा रमिता तामाङ (महिला उपाध्यक्ष), निरन्जन सिंह ठकुरी, दामोदर बटाला, मोहन राई, बिकास बहादुर सिंह, महासचिवमा मनिस के.सी. सचिवमा बिजय धामी, मन कुमार राई, कोषाध्यक्षमा सोनाम लामा, सह कोषाध्यक्षमा जिवन निरौला, युवा संयोजकमा आङ नोर्बु शेर्पा, महिला संयोजकमा सजिना गुरुङ, युवा सह संयोजकमा छेनाम तामाङ, महिला सह संयोजकमा माया देवी राई पाण्डे, सदस्यहरुमा सुर्य कुमार लामा, दुर्गा कुमारी ओली, रुपक थापा, मोहम्मद आलमगिर अन्सारी, राजु पुन मगर, राजु धिमाल, प्रकाश राई, उमेश राई, सुब्बा फ्युबा तामाङ, सुरज राई, पेमा दोर्जे लामा, अशोक साह सोनार, चित्र बहादुर थापा र लाल बहादुर सुनुवार निर्वाचित भएका छन् ।

राणध्वज लामाको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली राजदूतावास कुवेतकी कार्यवाहक राजदूत सुजनी रानाको प्रमुख आतिथ्यता, केन्द्रिय उपाध्यक्ष आरके शर्मा, युवा उपाध्यक्ष राज शर्मा, केन्द्रिय सचिव प्रविण गुरूङ र मध्यपूर्व उप(संयोजक अमित राइ लगायतको विशेष आतिथ्यता रहेको थियो । अधिवेशनमा एनसीसी कुवेतका संरक्षक एवं पुर्व अध्यक्ष राजेन्द्र तामाङ, संरक्षक एवं पुर्व अध्यक्ष सुजन केसी, पत्रकार महासंघ कुवेतका अध्यक्ष नबराज पन्थी, लगायत विभिन्न देशका प्रतिनिधि, कुवेतमा रहेका संघ संस्थाका प्रतिनिधी, पत्रकार, बुद्धिजीवि, समाजसेवी लगायतको उपस्थिति रहेको थियो कार्यक्रमको संचालन महासचिव मान बहादुर तामाङ र प्रवक्ता केशर घलान तामाङले गरेका थिए ।


प्रकाशित : २०८० श्रावण ७, आईतवार २२:३५