जेसीज कपिलवस्तुद्धारा ट्राफिक सुरक्षा अभिमुखिकरण

[sharethis-inline-buttons]

लुदस, जितपुर
कपिलबस्तु जेसीजको आयोजनामा ट्राफिक सुरक्षा अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिएको छ । शनिबार आयोजना गरिएको कार्यक्रममा “हाम्रो भविष्य बोक्ने बिद्यालयका चालकलाई ट्राफिक सुरक्षा अभिमुखीकरण कार्यक्रम“ अन्र्तगत उक्त कार्यक्रम गरिएको कपिलबस्तु जेसीजले जनाएको छ ।

कपिलबस्तु उद्योग बाणिज्य संघका अध्यक्ष डोलकराम घिमिरेको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रम कपिलबस्तु जेसीज वर्ष २०२३ का अध्यक्ष जेसी अमृत घिमिरेको अध्यक्षतामा सम्पन्न भएको हो ।

नेको इनस्योरेंस जितपुर शाखा तथा जिल्ला ट्राफिक प्रहरी कार्यालयको प्राबिधिक सहयोगमा सम्पन्न सो कार्यक्रममा बाणगंगा नगपलिकामा अवस्थित सरकारी तथा निजि विद्यालयका चालिस बढी चालक सहचालकको उपस्थिति रहेको थियो। जिल्ला जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रहरी सहायक निरीक्षक सरोज केसीले सबै चालकलाई ट्राफिक नियम सम्बन्धी साथै विद्यालयका चालकले अपनाउनुपर्ने बिभिन्न सुरक्षा सम्बन्धि बिषयमा सहजीकरण गरेका थिए ।

कपिलबस्तु जेसीजका पुर्व अध्यक्ष पोस्टराज गौतम तथा प्रमुख अतिथि डोलकराम घिमिरेले विद्यालयका चालक सहचालकको प्रत्यक्ष रुपमा बालबालिकाको बिद्यालय आवतजावत गर्ने क्रममा सुरक्षाका लागि भुमिका रहने र यस्ता अभिमुखीकरणले अझ बढी सचेत हुन सघाउ पुर्याउने बताए ।

बिमा सम्बन्धि बिषयमा जनक बेलबासे साथै द्रिष्टि विशेषज्ञ अभिषेक नेत्र स्वास्थको बिषयमा जानकारी गराएका थिए । नेपाल जेसीज वर्ष २०२३ का राष्ट्रिय उपाध्यक्ष जेसी गुरुदेव पौडेलको आतिथ्यता रहेको सो कार्यक्रम जेसी झबिन्द्र खनालको संयोजन, जेसी तिलकराम पाण्डेयको आस्था पाठ तथा जेसी मिन बहादुर थापाको संचालनमा सम्पन्न भएको थियो।


प्रकाशित : २०८० श्रावण १४, आईतवार १३:३६