
थानेश्वर अधिकारी ।
बाणगंगा नगरपालिका वडा नं ७ र ८ का दुई सय घरपरिवारका लागी प्रतिनिधि सभा सदस्य सांसद बलराम अधिकारीको पहलमा शनिवार राहत सामाग्री बि फम र तन्ना बितरण गरिएको छ । यही साउन ९ गते आएको अविरल बर्षका कारण बाणगंगा नदिमा आएको बाढीका कारण प्रभावित भएका घर परिवारका लागी सो सामाग्री बितरण गरिएको हो । राहत सामाग्री बितरण कार्यक्रममा बोल्दै सांसद अधिकारीले बाणगंगा नदिमा तटबन्धन नभएको कारण बर्षेनी सयौ घरहरु डुवानमा परेका कारण ठुलो मात्रामा क्षती हुने गरेको बताउनु भयो । तटबन्धनका लागी बर्षेनी २ करोड ५० लाख रकम बिनियोजन भएता पनी प्राविधिक कारण सो रकम खर्च हुन नसकेको बताउनु भयो ।
समय व्यतिका क्रममा धेरै समस्या आउँछन् त्यसलाई झेल्ने र समाधान गर्ने पनी मानिस नै हो । कतिपय भवितव्यहरु आफ्नै असावधानी कारण आउने हुनाले यसमा सबैजना सजग रहन उहाँले आग्रह गर्नुभएको छ । बाणगंगा नगरपालिका वडा नं ८ मा भएको राहत बितरण कार्यक्रम बाणगंगा टोल विकास संस्थाका अध्यक्ष तुल्सी प्रसाद अर्यालको अध्यक्षता सांसद बलराम अधिकारीको प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रममा कार्यपालिका सदस्य शारदा परियार, बाणगंगा नगरपालिका वडा नं ८ का वडा सदस्य शैलेन्द्र वेल्वासे,टोल विकास संस्थाका उपाध्यक्ष कर्ण बहादुर लामा लगायतको उपस्थिती रहेको थियो । हिजो नै बाणगंगा नगरपालिका वडा नं ७ मा रहेका १३० जना बाढी प्रभावित हरुका लागी राहत सामाग्री बितरण गरिएको छ सो कार्यक्रममा सांसद बलराम अधिकारी, बिजयनगर गाउँपालिकाका अध्यक्ष गोपाल थापा, बाणगंगा नगरपालिका वडा नं ७ का वडाध्यक्ष बिष्णु गिरी,वडा सदस्य मुम बहादुर पाण्डे,बनगाई टोल विकास संस्थाका अध्यक्ष तिलक बहादुर काउचा,उपाध्यक्ष बद्धि श्रेष्ठ, सचिव नविना खनाल, भिम थापा लगायतको सहभागिता रहेको थियो ।
बाढी प्रभावितहरुका लागी यस अगाडी बाणगंगा नगरपालिका, वडा ,सिद्धार्थ सामाजिक विकास केन्द्र लगायतका संस्थाले पनी राहत वितरण गरिसकेको कार्यपालिका सदस्य शारदा परियारले बताउनुभएको छ ।