कपिलवस्तुमा भारतीय कुखुराको विगविगी

[sharethis-inline-buttons]

थानेश्वर अधिकारी ।
कपिलवस्तुमा खुलेआम भारतीय कुखुराको विगविगी बढ्दै गएको छ । प्रहरीका अनेक चेकपोस्ट पार गर्दै भारतीय कुखुरा सहजै भित्रियपछी एकातिर उपभोक्ताको स्वास्थ्य खतरा बढेको छ भने अर्कोतिर नेपाली किसान मर्कामा परेका छन् । आफूहरूको व्यवसाय धरापमा परेको भन्दै उनीहरूले आक्रोश पोखेका हुन ।
‘सशस्त्र प्रहरी छ, अर्काे पुलिस छ, ठाउँठाउँमा चेकिङ छ । तर पनि कुखुरा आइरहेका छन् । कुखुरा पालक कृषक शिव प्रसाद मुराउले बताए । उनले करोडौं लगानीको ऋणले किसान र व्यवसायी धराशयी बनेको उनले बताए ।
मुख्य नाका हरुबाट सुरक्षाकर्मीले आयात हुन नदिए पनि भित्री नाकाबाट प्रहरी मिलेमतोमा कुखुरा आयात हुने गरेको पाईएको हो ।

यसरी तस्करीले ल्याएका कुखुरा सरदमुकाम तौलिहवा, महाराजगंज हुदै राजमार्ग आसपास सम्म र पुग्ने गरेको पाईएको हो । विभिन्न ग्रामिण नाकाबाट नेपाली र भारतीय सुरक्षाकर्मी सँगको मिलेमतोमा तस्करी हुने गरेकाले नेपाली व्यवसायी समस्यामा परेको बताए । ग्रामिण क्षेत्रका नाका प्रयोग गरी दैनिकरूपमा ठूलो मात्रामा भारतीय कुखुरा नेपाल आउन नरोकिएपछि नेपाली कुखुरापालक किसानको व्यवसाय नै धरापमा परेको छ ।

भारतमा बेलाबखत फैलिने बर्डफ्लु लगायत पंक्षीजन्य रोग नेपाल भित्रिने खतराका कारण नेपाल सरकारले भारतीय कुखुराजन्य पदार्थ आयातमा प्रतिबन्ध लगाएको छ तर भारतमा कुखुराजन्य पदार्थको मूल्य नेपालमा भन्दा सस्तो रहेको हुँदा मुनाफाका लागि भारतीय कुखुरा नेपाल भित्रिने गरेको छन् । सबैभन्दा बढी मर्यादपुर, चाकरचौडा, हर्दौना, भिल्मी, डालपुर क्षेत्रबाट ठूलो परिमाणमा कुखुरा र चल्ला तस्करी हुने गरेको पाइएको छ । मुनाफाका लागि तौलिहवाका मासु व्यवसायी ईमरान मुसलमान र अब्दुल खान लगाएतका व्यापारीहरुले अन्य साना तस्करको प्रयोग गरि आफ्नो फर्म पसलमा ल्याई लुकाइछिपाई अवैधरूपमा कुखुरा ल्याउने र बिक्री वितरण गर्ने गरेको पाइएको हो ।
यसरी भित्र्याइएका कुुखुरालाई नेपाली उत्पादन भन्दै नेपाली फर्म र सप्लायर्सको विल देखाउदै व्यवसायीहरुले खुलेयाम साना विक्रेता फ्रेस हाउसहरुलाई विक्रि गर्ने गरेको पाईएको हो । यस्ता व्यवसायीले फ्रेस हाउस र साना व्यवसायीलाई कुखुरा विक्रि गर्न एकान्त ठाउँ र दैनिक फरक फरक ठाउँमा बोलाउने गरेको पाईएको हो । केही दिन यता बाणगंगा नगरपालिका बनगाई, कोपवा, जहदी क्षेत्रका फ्रेस हाउस संचालकहरु बनकसिया, झुलेनीपुर, हरनामपुर, जगदिशपुर क्षेत्रका सड्कहरुमा तस्करीको सेटिङ्ग अनुसार फरक फरक ठाउँमा पुग्ने गरेको पाईएको छ ।

कुखुरा व्यवसायी बाबुराम भट्राईले तस्करी रोक्न सहयोग माग्दा प्रहरी प्रशासनले सकारात्मक प्रतिक्रिया जनाउने गरे पनि व्यवहारमा नियन्त्रणमा सहयोग नपाएको गुनासो गरे । भारतीय कुखुराका कारण महँगो दाना र औषधी खुवाएर हुर्काएका कुखुरा सस्तो दरमा बिक्री गर्न आफूहरू बाध्य भएको उनको भनाई छ । भारतमा १ सय ८० रुपैयाँ प्रतिकेजीमा पाइने कुखुरा नेपालमा २ सय १० रुपैयँ प्रतिकेजी थोक मूल्यमा तस्करहरूले पसलपसलमा पु¥याउने गरेका छन् । २ सय १० मा खरिद भएको कुखुराको मासु उपभोक्तालाई भने खुद्रा मूल्य ४ सय ३० रुपैयाँ सम्ममा बिक्री गर्ने गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरिक्षक प्रेम बहादुर बस्नेतले मुख्य सीमा नाकाबाट कुखुराजन्य पदार्थ भित्रिन नदिएको बताए । ‘यहाँबाट भारतीय कुखुरा र अण्डा भित्रिन दिएका छैनौँ’, उनले भने, ‘खुला नाका भएकाले सुरक्षाकर्मी नभएको भित्री गाउँबाट भित्रिएको हुनसक्छ ।’

 

 


प्रकाशित : २०८० श्रावण २४, बुधबार १४:३७