कृष्णनगरका एकै घरका दुई बालकको तालमा डुबेर मृत्यु

[sharethis-inline-buttons]

 लुदअ,कृष्णनगर ।कपिलवस्तुमा तालमा डुबेर दुई बालकको ज्यान भएको छ । जिल्लाको कृष्णनगर नगरपालिका ५ बगही गाउँ नजिकै रहेको तालमा एकै परिवारका दुई दाजुभाइको डुबेर ज्यान गएको हो ।

मङ्गलवारदेखि हराएका वर्ष ५ का राजन यादव र बर्ष ७ का साजन यादवको घर नजिकैको तलाउमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालयकृष्णनगरले जनाएको छ ।

प्रहरीलाई घरबाट हराएको भनी राति ९ बजे जानकारी भएपनि दुवै दाजुभाइको शव बुधबार बिहान मात्र भेटिएको थियो । माटो निकालेर पानी जमेको खाडलमा दाजुभाइको शव फेला परेको प्रहरीले जनाएको छ ।

दुवै शवलाई बहादुरगंजस्थित शिवराज अस्पतालमा पोस्टमार्टम गरि परिवारलाई बुझाइएको छ भने घटनाको विषयमा थप अनुसन्धान भइरहेको इप्रका कृष्णनगरले जनाएको छ ।


प्रकाशित : २०८० श्रावण २४, बुधबार १४:४४