बाणगंगा ५ मा आँखा पाक्ने र डेंगु रोगका बारेमा सचेतनामुलक कार्यक्रम

[sharethis-inline-buttons]

हरि आचार्य, कपिलवस्तु
कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं. ५ वडा कार्यालय, कोेपवा स्वास्थ्य चौकी तथा कोपवा वाल संजालको संयुक्त आयोजनामा आँखा पाक्ने रोग र डेंगु रोगका बारेमा सचेतनामुलक कार्यक्रम गरिएको छ । श्री मा.वि झन्डामा भएको उक्त कार्यक्रममा कोपवा स्वास्थ्य चौकी प्रमुख कृण्ण प्रसाद घिमिरेले सरुवा रोगहरु मध्ये प्रकोपको रुपमा फैलिएको आँखा पाक्ने रोग र डेंगु रोगको बारेमा विभिन्न चेतनामुलक जानकारीहरु प्रदान गर्नुभएको थियो ।

आँखा पाक्ने रोगका लक्षण, यसबाट बच्ने उपायहरुको बारेमा जानकारी दिईएको थियो । त्यस्तै डेंगुका कारणहरु, स्वास्थ्य संस्थाको सल्लाह लिनुपर्नेमा सहभागीहरुलाई स्पष्ट पारिएको बालमैत्री सहजकर्ता मधु पाण्डेले बताउनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि बाणगंगा नगरपालिका वडा नं. ५ का वडाध्यक्ष दुनिका प्रसाद भुसालले यी प्रकोपबाट बच्न वडावासीलाई आग्रह गर्दै वडा कार्यालय प्राथमिकताका साथ लागेको बताउनुभयो ।

झण्डा बाल क्लबका अध्यक्ष अम्बिका खनालको अध्यक्षता रहेको कार्यक्रम बालमैत्री सहजकर्ता मधु पाण्डेको सञ्चालनमा सम्पन्न भएको हो ।


प्रकाशित : २०८० श्रावण २७, शनिबार १९:२५