अव्यवस्थित वसोवासीलाई लालपुर्जा दिन पहल गर्ने प्रतिवद्धता

[sharethis-inline-buttons]

लुदअ, साउन ३० गते
अव्यवस्थित वसोवासीका लागि ३ महिना भित्रमा लालपुर्जा दिने भुमि आयोग कपिलवस्तुका भुमि बिज्ञ दल बहादुर थापा (ईश्वर) ले बताउनु भएको छ । अव्यवस्थित वसोवासी संघर्ष समितिले वाणगगंगाको जितपुरमा आयोजना गरेको कार्यक्रममा सो कुरा बताउनु भएको हो । सरकारले अव्यवस्थित बसोबासीको लागि लाल पुर्जा दिने भन्दै आएपनि बिभिन्न बाहाना देखाउदै समस्या समाधान नगरेको उहाँले बताउनु भयो । अब त्यसको समाधानका लागि सरकार संग पहल गर्ने भुमि बिज्ञ थापाले बताउनु भयो ।

अव्यवस्थित बसोबासी संघर्ष समितिका अध्यक्ष राजेन्द्र विक्रम शाहले भुमि आयोगमा १३ वर्ष अगाडि जम्मा भएका लगत संकलन हेर्दा धमिराले खाएको अबस्थामा भेटिएको र कतिपय लगत संकलन हराएको समेत बताउनुभयो ।

यता तत्काल कपिलबस्तुमा भुमि विज्ञ टोलिलाई बोलाएर समस्या समाधानको बारेमा बताइएको हुदा अबको ३ महिना भित्रमा लाजपुर्जा दिने प्रतिवद्धाता जाहेर भएको बताउनु भयो ।

त्यसो त भूमि सम्बन्धी समस्या समाधान आयोगको सबै जिल्ला समिति गठन भएको छ । जिल्ला समितिको अध्यक्ष, विज्ञ र सदस्य चयन भएका छन् । आयोगले भूमिहीन दलित, भूमिहीन सुकुमबासी, अव्यवस्थित बसोबासी लगायतलाई जग्गा वितरण गर्न गत वर्ष गठित आयोगले विभिन्न पालिकाहरूमा लगत संकलन सुरु गरेको छ तर पनि अझै पनि भुमीहिनको समस्या समाधान भएको छैन ।

 


प्रकाशित : २०८० श्रावण ३०, मंगलवार २०:११