आधारभूत स्वास्थ्य परियोजनाले गरेका गतिविधिको अनुगमन

[sharethis-inline-buttons]

रामु यादव, कपिलवस्तु
कालिका स्वावलम्बन सामाजिक केन्द्र तथा फेयर मेडको संयुक्त साझेदारीमा सञ्चालित आधारभूत स्वास्थ्य परियोजनाले गरेका गतिविधिहरुको सुझाव र सल्लाहको लागि बुटवल स्वास्थ्य तालिका केन्द्रबाट कपिलवस्तु जिल्ला को शुद्धोधन गाउँपालिका र मायादेवी गाउँपालिकाको स्वास्थ्य संस्थाहरुमा अनुगमन गरिएको छ ।

स्वास्थ्य संस्थाहरुमा एन.टि.डि. सम्बन्धि तालिम प्राप्त स्वास्थ्य कर्मीहरुले एकीकृत स्वास्थ्य सेवा प्रदान गरिएको र थप सुझाव सल्लाह सहितको अनुगमन सम्पन्न गरिएको हो ।

बुटवल स्वास्थ्य तालिम केन्द्रका निमित्त प्रमुख बोद नारायण चौधरी, बुटवल स्वास्थ तालिम केन्द्रको वरिष्ठ शिक्षा अधिकृत अरुण ज्ञवाली, फेयर मेड कार्यक्रम संयोजक शशिलाल कर्ण, फेयर मेड कार्यक्रम गुणस्तर सुधार अधिकृत विपिन थापा, कालिका स्वावलम्बन सामाजिक केन्द्र तथा फेयर मेडको संयुक्त साझेदारीमा सञ्चालित आधारभूत स्वास्थ्य परियोजना कपिलवस्तु जिल्लाको जिल्ला कार्यक्रम अधिकृत निशान गुरुङ र सामुदायिक सशक्तीकरण फिल्ड सुपरभाइजर श्री शिव रतन हरिजन ज्यूको विशेष उपस्थिति अनुगमन सम्पन्न गरिएको हो ।

 


प्रकाशित : २०८० श्रावण ३१, बुधबार १५:०७