
हरि आचार्य, कपिलवस्तु
नेकपा (एमाले) जिल्ला कमिटी कपिलवस्तुका सचिवालय सदस्य विश्व बहादुर कार्कीलाई मातृशोक परेको छ । पार्टीका क्षेत्र नं. १ का सह संयोजक कार्कीकी ममतामयी माता रुधी कुमारी कार्कीको ८३ बर्षको उमेरमा निधन भएको हो । उहाँ अस्पतालमा उपचाररत हुनुहुन्थ्यो ।
आज दिउँसो २ बजे उहाँको दुःखद निधन भएको हो । अहिले उहाँको पार्थिव शरिरको बाणगंगा ६ लक्ष्मणघाटमा अन्तेष्टि गरिएको छ ।
अन्त्यष्टिको क्रममा पार्टीका संयौ नेता तथा कार्यकर्ताहरु उपस्थित भई हार्दिक श्रद्धाञ्जली व्यक्त गरेका थिए ।

