
हरि आचार्य, कपिलवस्तु
लुम्बिनी प्रदेशका सांसद गिरधारीलाल न्यौपानेले प्रदेश सरकार उदासीन बनेको आरोप लगाउनुभएको छ । बिहीवारको प्रदेशसभा बैठकको शून्य समयमा बोल्दै सांसद न्यौपानेले विभिन्न महत्वका विषय उठान गर्दै समाधानमा सरकारले प्राथमिकता नदिएको बताउनुभएको हो ।
नेकपा (एमाले) का केन्द्रिय सदस्य एवम् कृषि तथा पशुपंक्षी विभाग प्रमुख समेत रहनुभएका सांसद न्यौपानेले यो बर्षायाममा प्रदेशभरी बाढीका कारण प्रभावित प्रदेशवासीहरु तर्फ सरकारको ध्यान नपुगेको दावि गर्नुभयो ।
न्यौपानेले यस भन्दा अगाडिको सदनमा आफुले सदनमा लम्पिस्किनबाट पशुमा देखिएका समस्याहरुको बारेमा बोल्दा त्यो बिषय सभामुखले १ हप्ता भित्र संसदमा ल्याउन सरकारलाई अनुरोध गर्नुभएको तर सरकारले अहिले सम्म जानकारी नगराउनु सरकारको लापर्वाहि भएको बताउनुभयो ।
त्यस्तै उहाँले एसिया कपमा छनौट भई खेलेर आएका खेलाडीहरुलाई पुरस्कार दिने सरकारको निर्णय पनि कार्यान्वयन हुन नसकेको प्रष्ट पार्नुभयो ।
सांसद न्यौपानेले सभामुख मार्फत सरकारलाई ध्यानाकर्षण गराउने तर जनताका जनजीविकासँग प्रत्यक्ष जोडिएका विषयलाई प्रदेश सरकारले प्राथमिकता नदिएको आरोप लगाउदै गम्भिर ध्यानाकर्षण गराउनुभएको छ ।

