
राम बहादुर गन्धर्व, कपिलवस्तु
छुवाछूत बिरूद्व अभियानका केन्द्रीय उपाध्यक्ष समेत रहेका मानबहादुर रसाइलीले कुनै धार्मिक वेद, ग्रन्थमा छुवाछूत तथा विभेद नरहेको बताउदै सम्पुर्ण देवीदेवता, बिज्ञानको जन्मदाता बिश्वकर्मा नै रहेकोले उनले यस् दिनलाई राष्ट्रिय पर्वका रूपमा मनाउनु पर्नेमा जोड दिए।
मंगलवार आयोजित राष्ट्रिय बिश्वकर्मा पुजा तथा प्रथम पर्व दिवस २०८० को समुद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै सम्बोधन गर्दै उनले यस्तो बताएका हुन। बिश्वकर्मा समाज नेपाल जिल्ला कार्य समिति कपिलवस्तुले बुद्धभुमि नगरपालिका १ चफेलामा आयोजना गरेको प्रथम पर्व दिवसको अवसरमा बोल्ने बक्ताहरूले शुभकामना ब्यक्त गर्दै नेपालको संविधानले जातिय विभेद, छुवाछूत अन्तय गरे ता पनि ब्यवहारमा कायमै रहेको बताउदै, नेपालको राजनीति आरोह अवरहमा दलित समुदायको महत्त्वपूर्ण योगदान, भुमिका रहँदा समेत २१औं शताब्दीमा पनि आफुहरूलाई पछाडि पारेको हुँदा अब सम्पूर्ण दलित एकजुट भएर लाग्नुपर्ने बताएका छन् ।
सो अवसरमा आयोजकले समाजलाई पुर्याएको उल्लेखनीय योगदानको उच्च मुल्यांकन गर्दै केही बृद्ध अगुवाहरू सहयोगी भुमिका निर्वाह गर्ने सञ्चारकर्मी लगाएतलाई टीका सहित खादा ओढाई सम्मान समेत गरेको छ। यसरी सम्मानित हुनेहरूमा टेकबहादुर सुनार, धनबहादुर बि क, रञ्जित सुनार ,धनबहादुर बिक पत्रकार रामबहादुर गन्धर्व लगाएत रहेका छन् ।
बिश्वकर्मा समाज नेपाल जिल्ला कार्य समिति कपिलवस्तु नेपालको आयोजित प्रथम दिवस जिल्ला अध्यक्ष रणबहादुर सुनारको अध्यक्षतास् छुवाछूत बिरूद्व अभियानकी कोषाध्यक्ष माया गहतराज, लुम्बिनी प्रदेश सचिव जोखबहादुर बिक राष्ट्रिय मगर संघका जिल्ला सचिव बिष्णु सारू मगर शक्ति नेपालका श्रीराम मिश्रको बिशिस्ट आतिथ्यता,विभिन्न पालिकाका जनप्रतिनिधि ,सामाजिक संघसंस्थाका पदाधिकारी ,स्थानीय समाजसेवी लगाएतको सक्रिय सहभागीता रहेको कार्य समितिका कोषाध्यक्ष टेकबहादुर सुनारको स्वागत र प्रविण बिकको सञ्चालनमा सम्पन्न भएको थियो ।