समाजेसवी नेपालद्धारा कपिलधामका बटुक र गुरुहरुलाई पोसाक तथा खाद्यान्न प्रदान

[sharethis-inline-buttons]

हरि आचार्य, कपिलवस्तु
पछिल्लो समय जन्म दिनको अवसरमा विभिन्न होटल तथा रेष्टुरेण्टहरुमा फजुल खर्च गर्ने प्रवृति बढिरहेको पाईन्छ । पश्चिमेली संस्कृति अनुसरण गरि जन्म दिनमा केक काट्ने साथीभाईहरुलाई डाक्ने अनि नाँचगान गरी रमाईलो गर्ने प्रचलन पनि नभएको होईन । सोहि क्रममा जन्म दिनमा केक काट्ने, रमाईलो गर्ने जस्ता प्रवृत्तिलाई अन्त्य गर्नका लागि एक समाजसेवी युवाले आफ्नो जन्मोत्सवको अवसरमा महत्वपुर्ण कार्य गर्नुभएको छ ।

No description available.

कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं. ११ का युवा समाजसेवी रमेश नेपालले जन्मोत्सवको अवसरमा कपिलधाममा सहयोग गरि पुण्डित कार्य गर्नुभएको छ । समाजसेवी नेपालले बाणगंगा नगरपालिका वडा नं. ७ र ९ को सिमानाम अवस्थित ऐतिहासीक पर्यटकीय स्थल कपिलधामका बटुकहरु र गुरुलाई पोसाक र खाद्यान्न प्रदान गर्नुभएको छ । कपिलवधामका २४ जना बटुकहरु र ३ जना गुरुहरुलाई मौलिक पोशाक र खाद्यान्न हस्तान्त्रण गरिएको समाजसेवी नेपालले बताउनुभयो ।

समाजसेवी नेपालले जन्मोत्सवको अवसरमा सामाजिक रुपान्तरणको काम गर्नका लागि प्रेरणा प्रदान गर्ने उद्देश्यका साथ यो कार्य गरिएको बताउनुभयो । उहाँले जन्मोत्सवमा फजुल खर्च गरि अनेक तरिकाबाट खुसी बनाउने प्रचलन बढिरहेका बेला गतिलो उदाहरण दिनुभएको छ ।
उहाँले विगतमा पनि विभिन्न प्राकृतिक प्रकोप, कोरोना महामारीको अवस्थामा अन्य मानवीय तथा सामाजिक कार्य गर्दै आउनुभएको छ । नेपालले फजुल खर्च गर्नुको साटो गरिव, विपन्न तथा अशक्तहरुलाई जन्मोत्सवको अवसरमा सक्दो सहयोग गर्न सम्पुर्णलाई आग्रह गर्नुभयो ।

No description available.

सम्पुर्ण बटुक तथा गुरुले धन्यवाद दिंदै समाजसेवी नेपालको समुज्ज्वल भविष्यको कामना गरेको समाजसेवी योगेन्द्र मल्ले जानकारी दिनुभएको छ ।


प्रकाशित : २०८० आश्विन १०, बुधबार २०:०१