बालअधिकार सचेतना समूहको कोष स्थापनाका लागि रकम हस्तान्तरण

[sharethis-inline-buttons]

सुनिल आचार्य, कपिलवस्तु

मानव अधिकार शिक्षा कार्यक्रम अन्तर्गत इन्सेकले गठन गरेको बिद्यालय स्तरिय बाल अधिकार चेतना समूहको कार्य योजना कार्यान्वयनका लागि र बालअधिकार सचेतना समूहको कोष स्थापनाका लागि रु.७ हजार रुपैया बिद्यालयलाई हस्तान्तरण गरिएको छ । मङसिर ८ गते कपिलवस्तु नगरपालिका १ स्थित श्री रत्नराज्य लक्ष्मी माविमा गठित बाल अधिकार चेतना समूहको कोष स्थापनाको लागि रु. सात हजार रुपैंया हस्तान्तरण गरिएको हो ।

मानव अधिकार लुम्बिनी प्रदेश संयोजक पुष्पा रेग्मी , बाल संरक्षक शिक्षक रामशरण चौधरी , बाल अधिकार चेतना समूहका अध्यक्ष रिमा बेल्दार र इन्सेक प्रतिनिधि पार्वती आचार्यको उपस्थितीमा बिद्यालयका प्रधानाध्यापक दिवाकर प्रसाद चौधरीलाई उक्त रकम हस्तान्तरण गरिएको हो ।

सो कार्यक्रममा मानव अधिकार लुम्बिनी प्रदेश संयोजक पुष्पा रेग्मीले बाल अधिकार चेतना समूहको क्षमता बृद्धिगर्न बिद्यालय स्तरिय बिभिन्न अतिरिक्त क्रियाकलापहरु संचालन गर्नु महत्वपूर्ण रहेको बताउनु भयो । बिद्यालयको कोष स्थापनाबाट निम्बन्ध लेखन , हाजिरी जवाफ प्रतियोगिता , वातावरण तथा सरसफाई , भित्ते पत्रिका प्रकाशन , सडक नाटक लगाएतका क्रियालापहरु संचालनले बालबालिकाहरुको क्षमता बृद्धिमा सहयोग पु¥याउने बिश्वास व्यक्त गर्नुभयो ।

यसैगरी वालअधिकार चेतना समूहका सदस्यहरुकालागि इन्सेकको सहयोगले बिद्यालय स्तरिय बिभिन्न अतिरिक्त क्रियाकलापहरु संचालन गर्न थप सहयोग हुने बिद्यालयका प्राचार्य दिवाकर प्रसाद चौधरीले बताउनु भयो । इन्सेकले गत आर्थिक वर्षमा बालबालिकाहरुको कोष स्थापनाका लागि रु. १० हजार रुपैंया सहयोग गरेको थियो । बालबालिकाले योजना गरे अनुसार हाजिरी जवाफ प्रतियोगिता , निम्बन्ध लेखन , सरसफाई , भित्ते प्रत्रिका लेखन , सडक नाटक लगाएतका कार्यक्रमहरु सम्पन्न गरिएको बाल संरक्षक शिक्षक रामशरण चौधरीले बताउनु भयो ।

यस्तै बाल अधिकार चेतना समूहका अध्यक्ष रिमा बेल्दारले इन्सेकको सहयोगले अतिरिक्त क्रियाकलापमा थपा प्राथमिकता दिने हुँदा बिद्यार्थीहरुले आफ्ना समस्याहरु सहज रुपमा माग गर्न सक्ने क्षमता समेत बढेको बताउनु भयो ।


प्रकाशित : २०८० मंसिर ८, शुक्रबार १९:०८