बाणगंगा यातायात व्यवसायी समितिको अध्यक्षमा भुसाल चयन

[sharethis-inline-buttons]

लुदअ, कपिलवस्तु

बाणगंगा यातायात ब्यवसायी समिति समितिको अध्यक्षमा लक्ष्मण भुसाल निर्वाचित भएका छन् । १७ औं वार्षिक साधारण सभा तथा  नवौं अधिवेशनबाट भुसाल अध्यक्षमा निरविरोध निर्वाचित भएको निर्वाचन अधिकृत हुमनाथ पाण्डेले बताएका छन् ।

यस्तै अधिवेशनबाट बरिष्ठ उपाध्यक्षमा यदा क्षेत्री ‘राजकुमार’, उपाध्यक्षहरुमा कृष्ण कार्की क्षेत्री, चित्र बहादुर थापा र प्रदिप बि.सि, महासचिवमा कमल क्षेत्री, सचिवमा मदन भट्टराई, कोषाध्यक्षमा तोरन थापा निर्वाचित भएका छन् भने सदस्यहरुमा कृष्ण प्रसाद चालिसे, राजु बस्नेत, बेदराज अधिकारी, दिपक कुमार थापा, मधु खनाल, अशोक वाग्ले, मिन बहादुर केसी, खिमलाल खनाल निर्वाचित भएका छन् ।

समितिको लेखा संयोजकमा नेत्र प्रसाद पौडेल निर्वाचित भएका छन् । जसको सदस्यहरुमा कमल खनाल र दिपक चन्द्र बेल्बासे रहेका छन् । नवनिर्वाचित अध्यक्ष भुसालले यातायात व्यवसायीको हक अधिकारको पक्षमा सदैव वकालत गर्ने प्रतिवद्धता जनाएका छन् , यातायात व्यवसायीलाई काम गर्ने वातावरणमा सिर्जना गर्ने उनको भनाई छ ।


प्रकाशित : २०८० मंसिर १५, शुक्रबार १९:४४