हरि आचार्य, कपिलवस्तु
प्रहरी निरिक्षक गोपाल जंग रायमाझीको नेतृत्वमा ईलाका प्रहरी कार्यालय पिपराले कपिलवस्तुको बाणगंगा नगरपालिकामा लागु औषध नियन्त्रणमा सक्रियता देखाएको छ । जिल्लाको बाणगंगा नगरपालिकाबाट लागु औषध सहित १ जना पक्राउ परेका छन् । बाणगंगा २ कप्टैयाबाट सोहि ठाउँ बस्ने बर्ष २८ का अमित विक पक्राउ परेका हुन् ।
उनलाई लखनचोक–मेचकुरी सडकखण्डको किनारामा बसिरेको समयमा उनले लगाएको ज्याकेट चेकजाँच गर्ने क्रममा ११ पुरिया १ ग्राम ६ सय १० मिलिग्राम ब्राउन सुगर जस्तो देखिने पदार्थ सहित ईन्स्पेक्टर रायमाझीको कमाण्डमा खटिएको टोलिले नियन्त्रणमा लिईएको जनाएको छ ।
उनलाई जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरि प्रहरी हिरासतमा राखिएको र अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय पिपराले लुम्बिनी दर्पणलाई जानकारी दिएको छ ।