रामु यादव, शुद्धोधन
कपिलवस्तु जिल्लाको शुद्धोधन गाउँपालिका लवनी स्वास्थ्य चौकीको सभाहलमा कालिका स्वावलम्बन सामाजिक केन्द्र तथा हेलन केलर इन्टरनेशनलको साझेदारीमा सञ्चालित पोषण द्वारा जीवन रुपान्तरण परियोजनाको सल्लाहकार समिति सरोकारवाला सँगको पालिकास्तरीय छलफल तथा परियोजनाको अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ।
लुम्बिनी प्रदेशको कपिलवस्तु जिल्ला लगायत शुद्धोधन गाउँ पालिकामा ५ महिना देखि ५९ महिनाको बालबालिकाहरुलाई अधिक र मध्यम कुपोषण जस्तो समस्यलाई पोषण स्थिति सुधार गर्न र शुद्धोधन गाउँ पालिकालाई शून्य कुपोषण गाउँ पालिका बनाउने मुख्य उद्देश्यले कार्यक्रम गरिएको हो।
हेलन केलर इन्टरनेशनलको प्रोजेक्ट कोर्डिनेटर श्री भरत प्रसाद शर्मा कार्यक्रमको उद्देश्य, पोषण स्थिति र पोषण सम्बन्धि अन्य प्रस्तुतिकरण को साथै शुद्धोधन गाउँ पालिकाको प्रत्येक स्वास्थ संस्थामा सेन्टर सञ्चालन गर्ने विषयवस्तुको प्रस्तुतिकरण गर्नु भएको छन।

कालिका स्वावलम्बन सामाजिक केन्द्र तथा हेलन केलर इन्टरनेशनलको साझेदारीमा सञ्चालित पोषण द्वारा जीवन रुपान्तरण कार्यक्रमको फिल्ड कोर्डिनेटर सुदर्शन गौतम ज्यू कार्यक्रमको आर्थिक अवस्था र अगामि दिनमामा शुद्धोधन गाउँ पालिकामा कालिका स्वावलम्बन सामाजिक केन्द्र तथा हेलन केलर इन्टरनेशनलको साझेदारीमा सञ्चालित पोषण द्वारा जीवन रुपान्तरण परियोजना बाट सञ्चालन हुने कार्यक्रमको बारेमा बताउनु भयो।
शुद्धोधन गाउँ पालिका अध्यक्ष,उपाध्यक्ष,वडा अध्यक्ष र सम्पूर्ण शाखाको शाखागत प्रमुखहरु कालिका स्वावलम्बन सामाजिक केन्द्र तथा हेलन केलर इन्टरनेशनलको साझेदारीमा सञ्चालित पोषण द्वारा जीवन रुपान्तरण परियोजना बाट शुद्धोधन गाउँ पालिका लाई शून्य पोषण गाउँ पालिका घोषना गर्ने र यो कार्यक्रमलाई सफल बनाउने प्रतिबद्धता जनाएको छन।
कपिलवस्तु जिल्लाको शुद्धोधन गाउँपालिका अध्यक्ष कमलेश शरण चौधरीको अध्यक्षता, शुद्धोधन गाउँ पालिका उपाध्यक्ष होम प्रकाश चौधरीको विशिष्ट अतिथ्यता, शुद्धोधन गाउँपालिका वडा नं. १ देखि ६ सम्मको वडा अध्यक्ष, शुद्धोधन गाउँपालिकाको सम्पूर्ण शाखागत प्रमुख, शुद्धोधन गाउँपालिका वडा नं.१ देखि ६ सम्मको स्वास्थ्य शाखा प्रमुख लगायतको आतिथ्यता, हेलन केलर इन्टरनेशनलको प्रोजेक्ट कोर्डिनेटर भरत प्रसाद शर्मा, कालिका स्वावलम्बन सामाजिक केन्द्र तथा हेलन केलर इन्टरनेशनलको साझेदारीमा सञ्चालित पोषण द्वारा जीवन रुपान्तरण कार्यक्रमको फिल्ड कोर्डिनेटर सुदर्शन गौतम, डाटा म्यानेजमेन्ट अफिसर सुस्मिता शर्मा, सामुदायिक परिचालक सुमित्रा भट्टराई, रामु यादव, कालिका स्वावलम्बन सामाजिक केन्द्रको शिवरतन हरिजन, प्रज्वल धिताल र शिव सागर धवल लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो।




















