थानेश्वर अधिकारी, काठमाण्डौ ।
नेपाल सरकारका उप–सचिव अनिल पौडेल जिल्ला प्रशासन कार्यालय कपिलवस्तु बाट जिल्ला प्रशासन कार्यालय काठमाडौं सरुवा हुनुभएको छ । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुमा सहायक प्रमुख जिल्ला अधिकारीको रुपमा जिम्मेवारी सम्हा लिरहनुभएका पौडेल जिल्ला प्रशासन कार्यालय काठमाडौं सरुवा हुनुभएको हो ।

यस अघि कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा करिव २ बर्ष प्रमुख प्रशासकीय अधिकृतको रुपमा समेत जिम्मेवारी सम्हाल्नुभएको थियो भने जिल्ला प्रशासन कार्यालय कपिलवस्तुमा ३ बर्ष जिम्मेवारी सम्हाल्नुभयाे ।
पौडेल सरल, शान्त र मेहेनती स्वाभावको भएकाले सेवाग्राही माझ निकै लोकप्रिय मानिनुहुन्छ । जनताको सेवा नै धर्म हो भन्ने भावनाका साथ आफु जहाँ भए पनि सु–साशन, पारदर्शितालाई ख्याल राख्दै काम गर्ने पौडेलले बताउनुभयो ।
कुशल प्रशासककाे छवि बनाउनुभएका पाैडेलले जिम्मेवारी सम्हाल्दा सहयाेग गर्नुहुने सम्पुर्णमा धन्यवाद व्यक्त गर्नुभएकाे छ ।




















