
फम नारायण काफ्ले, रुपन्देही
हिमालय लघुवित्त वित्तिय संस्था लिमिटेड थकालीचोक शाखाले मृत्यु दावि रकम हस्तान्त्रण गरेको छ । मिति २०७८ भदौ ४ गते लघुवित्तमा आवद्ध केन्द्र नम्बर ८७ समुह नं. १ मा बस्दै आउनुभएकी नोहरी थरुनीको मृत्यु भएकाले उहाँका श्रीमानलाई मृत्यु दावि रकम हस्तान्त्रण गरिएको हो । रिलायवल नेपाल लाईफ ईन्स्योरेन्स मार्फत प्राप्त रकम उहाँका श्रीमा वेचुवा थारुलाई हस्तान्त्रण गरिएको हो ।
उक्त रकम केन्द्रको सदस्य मिना सोमै र हिमालय लघुवित्त वित्तिय संस्था लिमिटेड शाखा कार्यालय थकालीचोकका शाखा प्रमुख प्रकाश पाण्डेको रोहवरमा उक्त रकम हस्तान्त्रण गरिएको संस्थाले जनाएको छ ।
लघुवित्त वित्तिय संस्थाहरुले ग्रामणि भेगका विपन्न परिवारको आर्थिक स्तर उकास्नका लागि अहम भुमिका खेलेका छन् ।

