५ औं बाणगंगा नगर स्तरीय ३ दिने माघी महोत्सवम हथौसामा हुने

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

लुदअ, कपिलवस्तु
५ औं बाणगङ्गा नगर स्तरीय माघी (खिचडी) महोत्सवम हथौसामा हुने भएको छ । ‘हम्मन रास्ट्रिय एकता अउर भेषभुषा हम्मनके शान, भाषा कला संस्कृति संरक्षण सम्बद्र्धन कइना हम्मनके अभियान’ भन्ने मुल नारा सहित यहि माघ २ गतेदेखि ४ गते सम्म माघी महोत्सव हुन लागेको पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको छ ।

कार्यक्रममा बोल्दै थारु कल्याणकारिणी सभाकी केन्द्रिय सदस्य सुमित्रा चौधरीले बाणगंगा थारु बाहुल्यता रहेको नगर भएकोले पर्यटन प्रर्वद्धनमा थारु महोत्सवले महत्वपूर्ण भुमिका खेल्ने बताउनुभयो । विविधतामा एकता रहेको देशमा अझ प्रगाढ सम्बन्ध बनाउनका लागि एक अर्काको धर्म संस्कृतिलाई सम्मान गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

महोत्सवको बारेमा जानकारी दिदै महोत्सव संयोजक तथा थारु कल्याणकारिणी सभा नगर अध्यक्ष नाथुराम थारुले थारु जातिका कला, संस्कृति, भाषा भेषभुषा, र परम्परालाई जगेर्ना गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको बताउनुभयो । विषेश गरि थारु कला, संस्कृति झल्किने गरि आयोजना हुन लागेको महोत्सवमा रक्तदान, डेलवा दौड प्रतियोगिता लगायतका अन्य विविध कार्यक्रम पनि रहेने उहाँले बताउनुभयाो ।

त्यस्तै महोत्सवको उद्घाटन प्रदेश भौतिक पुर्वाधार मन्त्री धर्म बहादुर चौधरीले गर्ने पनि जानकारी दिनुभयो । महोत्सवमा थारु राष्ट्रिय गायक गायिकाको साथमा स्थानिय कलाकारहरुको प्रस्तुती रहने पनि उहाँले जानकारी दिनुभयो ।

थारु कल्याणकारिणी सभा केन्द्रिय पार्षद उमाशंकर चौधरीले विगत पाँच वर्षदेखि बाणगंगाका विभिन्न ठाउँमा महोत्सव गरेको स्मरण गर्दै अहिले हथौसामा महोत्सव गर्न लागेको भन्दै भब्य रुपमा सफल पार्न सम्पुर्णमा आह्वान समेत गर्नुभयो ।

थारु कल्याणकारिणी सभा जिल्ला सचिव सन्तराम चौधरी, नगर सभाका पदाधिकारी, महोत्सव समारोह उपसमितिका पदाधिकारी, पत्रकार लगायतको उपस्थिती रहेको कार्यक्रममा नगर सभा उपाध्यक्ष कमल चौधरीको स्वागत तथा प्रेस संयोजक सरिता थारुको सञ्चालनमा सम्पन्न भएको थियो ।

 

 


प्रकाशित : २०८० पुष २९, आईतवार ०६:३४