लुदअ, भलवाड
वाणगंगा ९ भलवाड टोलमा रहेको साहारा सामुदायिक बन उपभोक्ता समुहको काठ केहि दिन अघि ६ सय ५० क्युफिट काठ तस्करी भएको भनी सामाजिक संजालमा सामुदायिक बनका पदाधिकारी र जनप्रतिनिधिलाई जोडेर प्रकाशित भएको खबरको विषय भ्रामक रहेको वनले दावि गरेको छ ।
सब डिभिजन बन कार्यालय गोरुसिङेका प्रमुख, वडा अध्यक्ष, वडा सदस्य, सामुदायिक वनका पदाधिकारी, वन उपभोक्ता, बुद्धिजीवीबाट सामुदायिक बनको घाटगद्दिमा स्थलगत निरीक्षण गर्दा सामुदायिक बनको लगत अनुसार ८ सय ३४.३८ क्युफिट काठ रहेको सब डिभिजन बन कार्यालय गोरुसिङेका प्रमुख वसन्त थापाले बताउनु भएको छ ।
साहारा सामुदायिक बनको क्षेत्रभित्र बर्षातको समयमा धिरि खोलाले वगााएए ल्याएको काठहरु बन नियम कार्य योजना अनुसार दुर्गा मन्दिर ब्यबस्थापन समितिले साल जातको काठ ४२ क्युफिट र सिसौ जातको १५ क्युफिट काठ गरि ५७ क्युफिट काठको जरिवाना स्वरुप ५४ हजार साहारा सामुदायिक बनको खातामा जम्मा गर्ने र सो काठलाई साहारा सामुदायिक बनको कार्यालयमा शंकलन गर्ने भनी बन कर्मचारी, जनप्रतिनिधि, बन समितिका पदाधिकारी, बन उपभोक्ता, बुद्धिजीवी, भद्र भलादमिको उपस्थितिमा निर्णय गरिएको साहारा सामुदायिक बनका अध्यक्ष ठाकुर प्रसाद खनालले जानकारी दिनु भएको छ ।




















