हरि आचार्य, कपिलवस्तु
नेकपा (एमाले) का केन्द्रिय सदस्य गिरधारीलाल न्यौपानेले उद्योगी व्यवसायीको हक हितका लागि लड्ने पार्टी एमाले मात्र रहेको बताउनुभएको छ । कपिलवस्तु उद्योग वाणिज्य संघको ८ औं अधिवेशनका लागि मोहन न्यौपाने प्यानलका उम्मेद्वारहरुको उम्मेद्वारी घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
पार्टीका कृषि तथा पशुपंक्षी विकास विभाग प्रमुख एवम् लुम्बिनी प्रदेशका सांसद समेत रहनुभएका न्यौपानेले बर्तमान समयमा उद्योगी, व्यवसायीहरु मारमा रहेको बताउँदै मोहन न्यौपानेको प्यानलले समस्या समाधान गर्ने बताउनुभयो । उहाँले न्यौपानेको प्यानलमा जुझारु, युवा व्यवसायी रहेकाले सक्रिय भएर लाग्ने बताउदै न्यौपानेको प्यानललाई विजयी गराउन आग्रह गर्नुभयो ।
उहाँले व्यवसायीहरुलाई सहज रुपमा व्यवसाय सञ्चालन गर्नका लागि राज्यले समेत प्रभावकारी नीतिका साथ काम गर्न नसकेको बताउँदै आफुले पहल गरिरहेको बताउनुभयो । नेता न्यौपानेले मोहन न्यौपानेको प्यानलले निर्वाचित पछि व्यवसायीहरुको हक हितका लागि सृजनशिल काम गर्ने विश्वास व्यक्त गर्नभयो ।





















