हरि आचार्य, कपिलवस्तु
कपिलवस्तु उद्योग वाणिज्य संघको १६ औँ बार्षिक साधारण सभा सकिएको छ भने ८ औँ अधिवेशन सुरु भएको छ । अधिवेशन अन्तर्गत यहि माघ २७ गते शनिवार निर्वाचन हुने भएको निर्वाचन मण्डलले लुम्बिनी दर्पणलाई जानकारी दिएको छ । चुनावी प्रतिस्पर्धामा उम्मेद्वारहरु गईरहदा मोहन न्यौपानेको प्यानलका एसोसियट उपाध्यक्ष पदका उम्मेद्वार उद्योग वाणिज्य संघमा आउन खोज्नुभएका एसोसियट उपाध्यक्ष पदका उम्मेद्वार बुद्धिराम पौडेलको उम्मेद्वारीलाई निकै चासाको साथ हेरिएको छ ।
एसोसियट उपाध्यक्ष पदका उम्मेद्वार बुद्धिराम पौडेल हिलबर्ट ईङ्गलीस बोर्डिङ्ग स्कुल पिपराका प्रबन्ध निर्देशक भई विद्यालयलाई प्रदेशमै उत्कृष्ट विद्यालयको रुपमा सञ्चालन गर्दै आउनुभएको छ । त्यस्तै सामाजिक संघ संस्था तर्फ लायन्स क्लव अफ कपिलवस्तुका डाईरेक्टर, नगर खेलकुद विकास समिति सदस्य हुनुहुन्छ भने एक कार्यकाल संघको सदस्य रहनुभएको छ ।
एसोसियट उपाध्यक्ष पदका उम्मेद्वार पौडेलले आफु पदमा बस्न नभई काम गर्न उम्मेद्वारी दिएको बताउनुहुन्छ । पौडेलले व्यवसायीहरुका हरेक समस्या र हक हितमा उदाहरणिय कार्य गर्न घेराबन्दीका बिच पनि यो उम्मेद्वारी रहेको बताउनु भयो ।
यसरी आफ्नो युवा र सक्रिय समुहलाई ५ दलीय गठबन्धनको नाममा चौतर्फी घेराबन्दीमा पार्न खोजे पनि बौद्धिक, शैक्षिक, सक्रिय युवाहरुको साथ र अग्रजहरुको सल्लाह सुझाव लिदै आफुहरु मैदानमा उत्रिएकाले घेराबन्दी तोड्ने तर नझुक्ने अध्यक्ष पदका उम्मेद्वार मोहन न्यौपानेले बताउनुभयो ।