
हरि आचार्य, कपिलवस्तु
कपिलवस्तु उद्योग वाणिज्य संघको निर्वाचनमा मोहन न्यौपानेको प्यालनबाट असिम कडेल क्षेत्री चारनम्बर क्षेत्रबाट क्षेत्रगत सदस्यको रुपमा उम्मेद्वार छन् । उनले यस क्षेत्रमा विगत एक दशक देखी शैक्षिक क्षेत्र मार्फत योगदान पुर्याउँदै आएका छन् । चार नम्बर क्षेत्र सँगै समग्र बाणगङ्गा पेरीफेरीमा असिम कडेल क्षेत्री चिरपरिचित नाम हो ।
क्षेत्रीले कपिलवस्तु उद्योग वाणिज्य संघले लगाउने महोत्सव संगै स्थानीय क्षेत्रमा हुने विभिन्न कार्यक्रमहरूमा उल्लेख्य योगदान पुर्याउँदै आइरहेका छन् । ब्राइट लुम्बिनी ईन्टरनेश्नल एजुकेशन एवम् जितपूर मन्टेश्वरी मार्फत युवा अवस्थामै उनले रोजगारीका अवसरहरू सिर्जना गरेका छन् भने सामाजिक उत्तरदायित्व अन्तर्गत बाणगङ्गा ८ धनेशपूरका एक विद्यार्थीको अभिभावकत्व समेत ग्रहण गरेका छन् ।
सहयोगी भावनाका धनी असिम कडेल क्षेत्रीले शिक्षालाई एक उद्योगको रुपमा अगाडि बढाएका छन् । उनले संघमा प्रतिनिधित्व गर्न पाएमा थप रोजगारीका लागि नयाँ प्रविधिमैत्री उद्योग स्थापना गर्न आफू थप उत्साहित भएर लाग्ने बताए । उनी सामाजिक क्षेत्रमा सक्रिय रहेर विभिन्न संघ संस्थामा समेत प्रतिनिधित्व गर्दै आएका छन् ।
मोहन न्यौपानेको संयुक्त प्यानल मार्फत चार नम्बर क्षेत्रबाट क्षेत्रगत सदस्यमा उम्मेद्वारी दर्ता गरेका असीम कडेल क्षेत्रीको सकृयता र सहयोगी भावनाका कारण आफूले व्यावसायिको मन र मत दुबै प्राप्त गर्ने विषयमा ढुक्क रहेका छन् ।
कपिलवस्तु उद्योग वाणिज्य संघको १६ औँ वार्षिक साधारण सभा सम्पन्न भएर अधिवेशनको प्रकृया सुरु भएको छ । आगामी ३ वर्षे कार्यकालको लागि हुने चुनाव माघ २७ गते चुनाव हुनेछ ।

