मोहन न्यौपाने नेतृत्वको युवाको प्यानललाई व्यवसायीले रोज्छन्: अध्यक्ष क्षेत्री

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

लुदस, कपिलवस्तु
राष्ट्रिय युवा संघ नेपाल कपिलवस्तुका अध्यक्ष कमल क्षेत्रीले युवाहरुको टिमलाई अगाडि सारेको मोहन न्यौपानेको प्यानलले जित्न आवश्यक रहेको बताउनुभएको छ । यु्वा स्वरोजगार, व्यवसायीक समृद्धि र पर्यटन प्रवद्र्धन भन्ने मुल नाराका साथ युवा व्यवसायी न्यौपानेको प्यानलमा रहेका विशुद्ध युवा व्यवसायीहरुको टिमलाई सम्पुर्ण व्यवसायीले रोज्ने उहाँले दावि गर्नुभयो ।

कपिलवस्तु उद्योग वाणिज्य संघको ८ औं अधिवेशन अन्तर्गत निर्वाचन भोलि शनिवार हुंदैछ । नेकपा (एमाले) जिल्ला कमिटी सदस्य समेत रहनुभएका क्षेत्रीले नितान्त युवा व्यवसायीको प्यानललाई धेरै मतदाताले रोज्ने बताउँदै व्यवसायी उत्साहित भएको बताउनुभएको छ ।

यस क्षेत्रका उद्योगी व्यवसायीहरुको हक र हितको लागि मोहन न्यौपाने प्यानलको विकल्प नभएको बताउदै उहाँले अब युवाहरु नेतृत्वमा आउन लागेकोमा खुसी व्यक्त गर्नुभयो ।

 


प्रकाशित : २०८० माघ २६, शुक्रबार १९:२४