हरि आचार्य, कपिलवस्तु
पछिल्लो समय जन्म दिनको अवसरमा विभिन्न होटल तथा रेष्टुरेण्टहरुमा फजुल खर्च गर्ने प्रवृति बढिरहेको पाईन्छ । पश्चिमेली संस्कृति अनुसरण गरि जन्म दिनमा केक काट्ने साथीभाईहरुलाई डाक्ने अनि नाँचगान गरी रमाईलो गर्ने प्रचलन पनि नभएको होईन । सोहि क्रममा जन्म दिनमा केक काट्ने, रमाईलो गर्ने जस्ता प्रवृत्तिलाई अन्त्य गर्नका लागि एक सञ्चारकर्मीले आफ्नो जन्मोत्सवको अवसरमा राष्ट्र प्रति गर्व गर्दै उदाहरणिय कार्य गर्नुभएको छ ।
कपिलवस्तुको बाणगंगा १ जितपुर निवासी सञ्चारकर्मी बिष्णु खरेलले जन्मोत्सवको अवसरमा चार नम्बर जितपुर चोकमा नेपालको राष्ट्रिय झण्डा अनावरण गर्नुभएको छ । ७४ औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अबसरमा युवा विद्यार्थी एवम रेडियो मायादेवीका बजार प्रमुख विष्णु खरेलको शुभ जन्मोत्सवको दिन नेपालको राष्ट्रिय झण्डा अनावरण गरि उदाहरणिय काम गर्नुभएको हो । झण्डा अनवरण गर्दै खरेलले आफ्नो जन्मोत्सवको अवसरमा राष्ट्रिय पहिचान झल्काउने कार्य गर्दा गर्वको महशुस भएको बताउनुभयो ।

सञ्चारकर्मी खरेलले जन्मोत्सवको अवसरमा सामाजिक रुपान्तरणको काम गर्नका लागि प्रेरणा प्रदान गर्ने उद्देश्यका साथ यो कार्य गरिएको बताउनुभयो । जन्मोत्सवमा फजुल खर्च गरि अनेक तरिकाबाट खुसी बनाउने प्रचलन बढिरहेका बेला खरेलले गतिलो उदाहरण दिनुभएको छ ।
कार्यक्रममा रेडियो मायादेवीका स्टेशन म्यानेजर पिताम्बर घिमिरे (हरि) ले पश्चिमी संस्कार हाम्रो देशमा भित्रिरहेको समयमा विष्णु खरेलले यसको वावजुत आफ्नो जन्मदिनको अवसरमा नेपालको राष्ट्रिय झण्डा अनावरण गरि देशप्रेम झल्काएको भन्दै शुभकामना व्यक्त गर्नुभएको थियो ।
चेतन विष्टको सञ्चालन रहेको नेपालको राष्ट्रिय झण्डा अनावरण कार्यक्रममा २५ जनाको उपस्थिती रहेको थियो ।




















