वाणगंगामा कुर्चिको अवैध कारोबार गर्ने गिरोहको अखडा

[sharethis-inline-buttons]

लुदस, कपिलवस्तु
प्लाष्टिकका कुर्चिको अवैध कारोवार गर्ने गिरोहमाथि ईलाका प्रहरी कार्यालय पिपराले छापा मारेको छ । वाणगंगा नगरपालिकाको वडा नम्बर ४ ठाकुरापुरको एक घरको कोठालाई अखडा बनाएर प्लाष्टिकका कुर्चिको अवैध कारोबार गरेको सुचनाको आधारमा प्रहरीले छापा हानेको हो ।

छापाको क्रममा ठुलो परिमाणमा कुर्चि, कुर्चि बोक्न प्रयोग हुन साइकल पनि प्रहरीले बरामद गरेको घटनास्थलमा रहेका स्थानीयले जानकारी दिए । समाचार श्रोतका अनुसार अवैध कारोबारमा ठुलै गिरोह नै संलग्न छ । उनीहरुले बाहिरबाट अवैध ढंगबाट कुर्चिहरु ल्याएर साइकलमार्फत् गाउँगाउँमा लगेर बेच्ने गरेका थिए ।

घटनास्थलबाट अहिले ६ जनालाई पक्राउ गरिएको र उनीहरुको १५ । १७ जनाकै टोली रहेको हुन सक्ने प्रहरीले बताएको स्थानीयले बताए । यसबारे अनुसन्धान भइरहेकाले विस्तृत जानकारी पछि दिने प्रहरीले जनाएको छ ।

कहिलेदेखि यस्तो कारोबार हुन थालेको थियो भन्ने अझै खुलेको छैन । वाणगंगामा कुर्चिको मात्र नभएर अन्य सामानको पनि यसैगरी कारोबार हुँदा बयापारीहरु मर्कामा पर्ने गरेका छन् । खुला सिमानाकाका कारण यस्तो समस्या रहेको ब्यापारी बताउँछन् ।


प्रकाशित : २०८० फाल्गुन ७, सोमबार २०:३०