
लुदस, कपिलवस्तु
सिनर्जी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको आयोजनामा वाणगंगा नगरपालिका वडा न.९ मा रहेका आफ्नो संस्थामा आबद्ध शेयर सदस्यका लागि सहकारी शिक्षा सम्बन्धि १ दिवसीय कार्यक्रम नब प्रभात बचत तथा ऋण सहकारीको सभा हलमा सम्पन्न गरेको छ । सो कार्यक्रममा संस्थाका ब्यबस्थापक तथा प्रशिक्षक दिनामनी खनालले सिनर्जी बहुउद्देश्यीय सहकारी संस्थाबाट संचालित भएको प्रगतिको बारेमा वाणगंगा नगर भित्र भए गरेका लघु उधम सम्बन्धि कार्यक्रमको श्रब्य दृश्यबाट प्रस्तुत गर्नु भएको थियो ।
आजको सानो बचतबाट भबिस्यको साहारा हुने कुरा बताउदै संस्था भन्दा बाहिर रहेका सदस्यलाई यस संस्थामा जोडीन यस सहकारी शिक्षाले थप सहयोग पुग्ने कुरा बताउनु भएको थियोे । यस संस्थामा १० हजार शेयर सदस्य आवद्ध रहेका छन् ।यो संस्था लुम्बिनी प्रदेश कै उत्कृष्ट संस्थाको रूपमा परिचित छ । कार्यक्रमको उदेश्यमाथी भलवाड कलसटरका अध्यक्ष धुर्ब बेल्बासेले प्रकाश पार्दै सहभागी सबैलाई स्वागत गर्नु भएको थियो ।
त्यस्तै समाजसेबि कुमार मधु बेल्बासेले आफ्नो धारणा राख्दै लुम्बिनी प्रदेसकै अब्बल संस्था सिनर्जी बहुउद्देश्यीय सहकारी भएकोमा गर्ब गर्दै किसानलाई राहत हुने खालका कार्यक्रम संचालन गर्न सुझाव दिनु भएको थियो ।कार्यक्रम संस्थाका कर्मचारी दिपा भट्टराई खरेलको सहजीकरणमा भएको थियो ।

