कपिलवस्तुमा १२ ग्राम बढी ब्राउन सुगर सहित १ जना पक्राउ

[sharethis-inline-buttons]

हरि आचार्य, कपिलवस्तु
प्रहरी निरक्षक गोपाल जंग रायमाझीको कमण्डमा खटिएको ईलाका प्रहरी कार्यालय पिपराले लागु औषध सहित १ जनालाई नियन्त्रणमा लिएको छ । कपिलवस्तुको कपिलवस्तु नगरपालिका ११ जहदीका सुरज चौधरीलाई लु २२ प ७५० नम्बरको सुपर स्पेलेण्डर मोटर साईकलमा सवार रहेको अवस्थामा १२ ग्राम ५५० मिलिग्राम खैरो हिरोईन सहित पक्राउ गरेको ईलाका प्रहरी कार्यालय पिपराका प्रमुख प्रहरी निरिक्षक गोपाल रायमाझीले जानकारी दिनु भयो ।

कपिलवस्तु नगरपालिकाको वडा नं. ११ बनगाई बग्दी भित्रि सडक खण्डबाट बिशेष सुचनाका आधारमा चेकजाच गर्ने क्रममा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

कपिलवस्तु जिल्लाको वाणगंगा नगरपालिका लागु औषध कारोवार गर्ने र लागु औषध प्रयोग कर्ता धेरै भएका कारण पनि लागु औषध नियन्त्रमा निकै चुनौती रहेता पनि प्रहरी निरिक्षक रायमाझी आएको पछि ६ महिना पुरा हुदा ३३ जना लागु औषध कारोवारीबाट ४५ ग्राम ६५ मिलि ग्राम लागुऔषध बरामद भएको बताउनु भयो ।

यहाँको मुख्य समस्याको रुपमा रहेको लागु औषध नियन्त्रमा वाणगंगा नगरपालिकामा धेरै चुनौती रहेता पनि स्थानीयको सहयोगबाट धेरैलाई नियन्त्रणमा लिन सफल भएको प्रहरी निरिक्षक रायमाझीले बताउनु भयो ।

 


प्रकाशित : २०८० फाल्गुन ११, शुक्रबार १६:५४