हिंसा न्युनिकरणका लागि महिलाहरु स्वावलम्बी बन्न आवश्यक : सांसद न्यौपाने

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

हरि आचार्य, कपिलवस्तु
लुम्बिनी प्रदेशका सांसद गिरधारीलाल न्यौपानेले महिला हिंसा न्युनकरणका लागि सबै सरोकारवालाहरुले आफ्नो घरबाट प्रयास सुरु गर्न आवश्यक रहेको बताउनुभएको छ । बाणगंगा नगरपालिकाको आयोजना तथा सिद्धार्थ सामाजिक विकास केन्द्रको समन्वयमा १ सय १४ औं अन्तराष्ट्रिय महिला दिवस अन्तर्गत आयोजित कार्यक्रममा सांसद न्यौपानेले महिला हिंसा न्युनकरणका लागि भाषण, कार्यक्रम, कुरा भन्दा आफ्नो परिवारबाट सबैले प्रयास गरेमा सफल हुने दावि गर्नुभयो ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका सांसद न्यानैपानेले महिलाहरु कमजोर आर्थिक अवस्थाका कारण पनि हिंसामा र पिडामा परिरहेको बताउनुभयो । उहाँले रोजगार, स्वरोजगार र व्यवसायबाट आर्थिक स्तर बलियो भएका महिलाहरु अधिकांश हिंसामा नपरेको बताउँदै महिलाहरुलाई आर्थिक रुपमा बलियो बनाउनका लागि प्रदेश सरकारमा आफुले कुरा उठाईरहेको बताउनुभयो ।

सांसद न्यौपानेले स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारले सबैलाई सहज हुने कानुन निर्माण गरि महिला र पुरुष कानुनमा मात्र बराबर नभई व्यवहारमा पनि समान हुन जरुरी रहेको बताउनुभयो । पहिलेको तुलनामा महिला हिंसा न्युनिकरण भईरहेको बताउँदै सांसद न्यौपानेले महिलाहरुको अब राजनीति तथा सत्तामा समेत शुनिश्चितता रहनुपर्ने बताउनुभयो ।


प्रकाशित : २०८० फाल्गुन २४, बिहीबार १७:१७