ताजा अपडेट

कपिलवस्तुमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

सिंहदरबारमा सुरक्षा परिषद् बैठक

लक्ष्मणघाटमा धार्मिक वनको सुरुआत, समशान क्षेत्रलाई हराभरा बनाउने अभियान

स्वदेशमै सफलताको उदाहरण : सन्धिखर्कको ‘दिपेन्द्र रेस्टुरेन्ट एन्ड लज’ बनेको छ सेवाग्राहीको पहिलो रोजाइ

व्यापारीको गोदाममा फेरि अनुदानको मल, प्रहरीले छाडेपछि स्थानीयमा आशंका ?

राष्ट्रिय संगीतकर्मी संघ अर्घाखाँचीको अध्यक्षमा तेजेन्द्र सम्शेर पाण्डेय निर्वाचित

बाणगंगा–७ मा ससुराली आएका युवक बेपत्ता, खोजीमा सहयोग गर्न परिवारको अपिल

डेंगी नियन्त्रणमा वाणगंगा सक्रिय : घर–घर खोजपड्तालदेखि जनचेतनासम्म

नागढुङ्गा सुरुङमार्गको उदघाटन, शुरुमा अत्यावश्यक गाडीलाई मात्रै अनुमति

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

रुपन्देहीको तिलोत्तमामा निजी लगानीमा निर्माण गरिएको क्रिकेट रंगशाला उद्घाटन

Lumbini Darpan 3 २०८० फाल्गुन २८, सोमबार १२:४०
[sharethis-inline-buttons]

बुटवल, फागुन २८ । निजी लगानीमा रुपन्देहीको तिलोत्तमामा निर्माण गरिएको एक्स्ट्राटेक ओभल क्रीकेट मैदान आईतवार उद्घाटन गरिएको छ।गैर आवासीय नेपाली बिनोद कुंवर निजि लगानीमा तिलोत्तमा–१७ दरखसवामा निर्माण गरको क्रीकेट रंगशालाको लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले ब्याटिङ र एक्स्ट्राटेक ओभल प्रालिका निर्देशन बिनोद कुवरले बलिङ गर्दै उद्घाटन गर्नुभएको थियो ।

रंगशालाको उद्घाटन गर्दै प्रदेश प्रमुख शेरचनले सरकारले गर्न नसकेको काम निजि लगानीमा गरेको भन्दै रंगशाला लुम्बिनी प्रदेशको मात्र नेपालकै गहनाको रूपमा स्थापित हुने बताए। एमालेका उपाध्यक्ष एवं पुर्व अर्थमन्त्री बिष्णु पौडेलले क्रीकेट रंगशालासम्म पुग्ने सडक, बिद्धुत लगायतका आवश्यक पुर्वाधारका लागि आफ्नो तर्फबाट सहयोग रहने बताए।उद्घाटनको अवसरमा प्रतिनिधिसभा सदस्यहरु छविलाल बिश्वकर्मा, चन्द्र भण्डारी, गोकर्ण बिष्ट, बासुदेव घिमिरे, तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाण, नेपाल क्रीकेट संघका उपाध्यक्ष रोशन सिंह लगायतले शुभकामना दिनु भएको थियो ।

अष्ट्रेलियामा सूचना प्रविधि सम्बन्धी व्यवसाय गर्दै आएका गुल्मीका बिनोद कुवर र उनकी श्रीमती सुदिक्षा गौतमले निजी लगानीमा तिलोत्तमा९१७ दरखसवामा क्रीकेट रंगशाला निर्माण गरेका हुन्।गत जेठ ३० गते शिलान्याय गरिएको रंगशाला नौ महिनामै खेल खेल्न मिल्नेगरी तयार भएपनी अन्य संरचना निर्माण गर्न भने बाँकी छ। पहिलो चरणमा पाँच बिगाह जग्गामा निर्माण गरिएको रंगशालामा अहिलेसम्म साढे ६ करोड बढी खर्च भईसकेको एक्स्ट्राटेक ओभल प्रालिका निर्देशक कुवरले जानकारी दिनु भयो ।

मैदानमा प्यारापिट र अन्य संरचना पूरा हुँदा ४० करोड खर्च हुने छ। प्यारपिट मात्र करिब १८ करोड खर्च लाग्ने अनुमान छ।यूएईमा लामो समय बसेर अबुधावीको शेख जायेद अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा क्युरेटरको जिम्मेवारी लिएका माधव पाठक एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको क्युरेटरको भूमिकामा छन्। करिब २५ हजार दर्शक क्षमताको रंगशालासहित एकेडमी भवन बनाउने र राम्रा खेलाडी उत्पादन गर्ने कुँवरको लक्ष्य छ।

रुपन्देही क्रीकेट उत्पादनको हिसाबले उर्वर भुमि मानिन्छ। राष्ट्रिय खेलाडी राजु खड्का, शक्ति गौचन, बसन्त रेग्मी, सुशन भारी, कुशल मल्ल, अमृत भट्टराई, देव खनाल, ईन्दु वर्मा लगायत खेलाडी रुपन्देही जिल्लाकै उत्पादन हुन्।यसैबीच रंगशाला उद्घाटनको अवसरमा आज ४ टोलीबीच तिलोत्तमा लेजेण्ड्स कप क्रिकेट भईरहेको छ।नेपालको पहिलो अन्तर्राष्ट्रिय खेल खेलेको सन् १९९६ को टोली, सन् २०१४ को टी ९२० विश्वकप खेलेको टोली, रूपन्देही लेजेण्ड्स र रेस्ट अफ नेपाल गरेर ४ टोलीले लेजेण्ड्स कपमा सहभागिता जनाउदै छन्।


प्रकाशित : २०८० फाल्गुन २८, सोमबार १२:४०

Lumbini Darpan 3

लेखकबाट थप

  • रुसको कामचत्कामा ७.८ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी
  • दाउन्नेमा सडक हिलाम्मे, सयौं यात्रु अलपत्र
  • लुम्बिनी प्रदेशसभाको चालु अधिवेशन अन्त्य
  • सर्वोच्च अदालतमा त्रिपालमुनी मुद्दा सुनुवाई
  • राजनीतिक दल र दलले गरेको योगदान मेट्ने दुष्प्रयास भयो- प्रकाशमान सिंह
प्रतिक्रिया

यो पनि पढौँ

कपिलवस्तुमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

लक्ष्मणघाटमा धार्मिक वनको सुरुआत, समशान क्षेत्रलाई हराभरा बनाउने अभियान

स्वदेशमै सफलताको उदाहरण : सन्धिखर्कको ‘दिपेन्द्र रेस्टुरेन्ट एन्ड लज’ बनेको छ सेवाग्राहीको पहिलो रोजाइ

राष्ट्रिय संगीतकर्मी संघ अर्घाखाँचीको अध्यक्षमा तेजेन्द्र सम्शेर पाण्डेय निर्वाचित

बाणगंगा–७ मा ससुराली आएका युवक बेपत्ता, खोजीमा सहयोग गर्न परिवारको अपिल

डेंगी नियन्त्रणमा वाणगंगा सक्रिय : घर–घर खोजपड्तालदेखि जनचेतनासम्म

नागढुङ्गा सुरुङमार्गको उदघाटन, शुरुमा अत्यावश्यक गाडीलाई मात्रै अनुमति

सांसदलाई स्वकीय सचिव राख्न दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश

लुम्बिनीमा कांग्रेसका मन्त्रीले राजीनामा दिँदै

हरिशयनी एकादशीमा भक्तिमय बन्दै जीतपुर

एकादशीको पावन अवसरमा कपिलवस्तुमा ‘युवा भजन साँझ–२०८३’ हुँदै

श्रावण १३ देखि लक्ष्मणघाट बोलबमधाममा एकमहिने श्रावणी धार्मिक मेला सुरु हुँदै

भर्खरै

  • कपिलवस्तुमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

  • सिंहदरबारमा सुरक्षा परिषद् बैठक

  • लक्ष्मणघाटमा धार्मिक वनको सुरुआत, समशान क्षेत्रलाई हराभरा बनाउने अभियान

  • स्वदेशमै सफलताको उदाहरण : सन्धिखर्कको ‘दिपेन्द्र रेस्टुरेन्ट एन्ड लज’ बनेको छ सेवाग्राहीको पहिलो रोजाइ

  • व्यापारीको गोदाममा फेरि अनुदानको मल, प्रहरीले छाडेपछि स्थानीयमा आशंका ?

  • राष्ट्रिय संगीतकर्मी संघ अर्घाखाँचीको अध्यक्षमा तेजेन्द्र सम्शेर पाण्डेय निर्वाचित

  • बाणगंगा–७ मा ससुराली आएका युवक बेपत्ता, खोजीमा सहयोग गर्न परिवारको अपिल

  • डेंगी नियन्त्रणमा वाणगंगा सक्रिय : घर–घर खोजपड्तालदेखि जनचेतनासम्म

  • नागढुङ्गा सुरुङमार्गको उदघाटन, शुरुमा अत्यावश्यक गाडीलाई मात्रै अनुमति

  • सांसदलाई स्वकीय सचिव राख्न दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech