साईकल यात्रीलाई ठक्कर दिने बसमा आगजानी

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

सर्लाही ।

सर्लाहीमा साईकल यात्रुवाहक बसले एकजना साईकल यात्रीलाई ठक्कर दिँदा आक्रोसित स्थानीयले बसमा आगो लगाएर जलाएका छन् ।नवलपुर मलंगवा सडक खण्ड अन्तर्गत मलंगवा तर्फ जाँदै गरेको ग २ ख १४४० नम्बरको बसले आज बिहान साढे १० बजे साईकल यात्री कविलासी नगरपालिका १० सलेमपुरका स्थानीय जुगल महतोलाई ठक्कर दिएको हो ।

दुर्घटनामा परेका महतो गम्भीर घाईते भएका छन्। घटना लगतै स्थानीयले बसमा आगजानी गरेको प्रहरीले जनाएको छ । आगजनी बाट बस पूर्णरुपमा क्षतिग्रस्त भएको छ।

साइकलमा सवार सलेमपुरकै ५५ वर्षीय युगलकिशोर महतो गम्भीर घाइते भएपछि प्रादेशिक अस्पताल मलंगवा लगिएको थियो । सामान्य उपचारपश्चात काठमाडौं रेफर गरिएको प्रहरीका प्रहरी उपरीक्षक दयानिधि ज्ञवालीले जानकारी दिनुभयो ।

उनको अवस्था चिन्ताजनक रहेको छ । बसका चालक प्रहरीको नियन्त्रणमा रहेको तथा थप अनुसन्धान भइरहेको सर्लाही प्रहरिले जनाएको छ।


प्रकाशित : २०८० फाल्गुन २८, सोमबार १४:५२