व्यवसायीका सुझाव संकलन सहित उत्कृष्ट कार्य सम्पादनमा लाग्छौं : अध्यक्ष क्षेत्री

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

शागर बेल्बासे, कपिलवस्तु

कपिलवस्तु उद्योग बाणिज्य संघले सबै उद्योगि व्यवसायीका हरेक समस्यालाई नजिक बाट सहजीकरण गर्न सहज होस भनी संघ का वर्तमान कार्यसमिति पदाधिकारी, निवर्तमान अध्यक्ष, पुर्व अध्यक्ष सहितको उपस्थितिमा बैरिया क्षेत्रगत उपसमिति गठन गरेको छ। दुर्गा भगवती मन्दिर बैरियामा भएको कार्यक्रम बैरिया क्षेत्रगत सदस्य बिष्णु प्रसाद घिमिरेको अध्यक्षतामा भएको छ। बैरिया क्षेत्रका उल्लेख्य उद्योगी व्यवसायीको सहभागितामा भएको कार्यक्रममा आआफ्ना समस्या र समाधानका उपाय सहितको सल्लाह सुझावका लागि सबै उपस्थित लाई फ्लोर खुला गरि सुझाब संकलन समेत गरिएको थियो।

उद्योगी बिष्णु प्रसाद घिमिरे, व्यवसायी खगेन्द्र घिमिरे, टोपकला बि सि लगायत आम व्यवसायीले आन्तरिक राजश्व कार्यालयले व्यवसायी माथी गर्ने व्यवहार, बिना दर्ता चलाइएका ब्यापारले राज्य र ब्यापारिलाइ पर्ने क्षतीका बिषय सहित विभिन्न बिषयमा बर्तमान कार्यसमिति गम्भीर भै संस्थाको काम, कर्तव्य, अधिकार प्रती कर्तव्यबोध बनोस भन्ने धारणा व्यक्त गर्नुभएको थियो।

कार्यक्रममा संस्थाका अध्यक्ष गणेश क्षेत्री, वरिष्ठ उपाध्यक्ष हुमनाथ पौडेल, बाणिज्य उपाध्यक्ष नारायण प्रसाद पौडेल ,एसोसिएट उपाध्यक्ष रामजि सेन, उद्योग उपाध्यक्ष खुमानन्द घिमिरे, महिला उपाध्यक्ष मिना पौडेल, महासचिव नवदत्त घिमिरे, सचिब दामोदर पन्थी, कोषाध्यक्ष धिरज खनाल, निवर्तमान अध्यक्ष डोलकराम घिमिरे, पुर्व अध्यक्ष उमानाथ पौडेल, एसोसिएट सदस्य मीन थापा लगायतको उपस्थितिमा भएको छ।

कार्यक्रममा उठेका समस्या र जिज्ञासा् लाई बुंदागत रुपमा सम्बोधन गर्दै संघका अध्यक्ष गणेश क्षेत्रीले सबैखाले उद्योग ब्याबसायमा भएका समस्याहरु लगभग एकै किसिमका रहेकाले बिगतदेखी भएका ब्यबसाइ हितका कार्यलाइ निरन्तरता दिंदै थप नीति निर्माण सहित उद्योगि ब्यबसाइलार्इ कपिलवस्तु उद्योग बाणिज्य संघ सांच्चिकै उद्योग ब्यापार गर्नेका लागि छ भन्ने अनुभुती गराउन विभिन्न नयाँ योजना सहित उत्कृष्ट कार्यसम्पादन को तयारिमा सुझाब संकलन सहित अगाडि बढिएकोले चयन गरिएको उपसमिति लाई पनि बधाइका साथ यस बैरिया क्षेत्रका सबै ब्यबसायीका सबै गुनासा नजिकबाट नियालेर जानकारी गराइ राख्न आग्रह गर्नुभएको थियो।

नवगठित उपसमिति लाई बधाइ तथा शुभकामना दिंदै निवर्तमान अध्यक्ष डोलकराम घिमिरे र पुर्व अध्यक्ष उमानाथ पौडेलले कपिलवस्तु उद्योग बाणिज्य संघले के गरेको छ भन्ने समस्या मा परेर राहात पाएकालाई मात्र जानकारी भएको बताउनुभयो । व्यवसायीलाई समस्या परेको समयमा संस्थाले गर्ने समन्वयकारी भुमिकाले संस्थाको आवस्यकता र कामको परिचय गराइ रहेको
र अबको टिमले पनि त्यस्तो सहयोग, राहत र उद्दार मा निरन्तरता दिनेमा पनि बिस्वस्त रहेको बताउनु भएको छ।

उक्त कार्यक्रमबाट ज्योतीलाल पाण्डेको संयोजकत्वमा होमेश घिमिरे, गणेश घिमिरे, भुमिश्वर खनाल, कबिराज कडेल, खगेन्द्र घिमिरे, हरि बहादुर कुंवर र पुश्पा पन्थी सदस्य रहेको बैरिया क्षेत्रगत उपसमिति चयन गरेको छ। नवनिर्वाचित टिमले सबै उद्योगि ब्यबसायीलाइ प्रजातान्त्रिक पद्धतिको सुन्दर रुप चुनाबमा सहभागी भएर संस्थाको जिम्मेवारीमा पुराउनुभएको मा सबै प्रती धन्यवाद टक्राउदै संघका महासचिव नवदत्त घिमिरेले कार्यक्रम संचालन गर्नुभएको थियो।


प्रकाशित : २०८० चैत्र २, शुक्रबार १४:४४