पत्रकार महासंघको महाधिवेशन वैशाख २१ गते लुम्बिनीमा हुने

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

लुदस, कपिलवस्तु
नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन आगामी वैशाख २१ गते लुम्बिनीमा हुने भएको छ ।

महासंघको आज बसेको केन्द्रीय समितिको बैठकले केन्द्रीय महाधिवेशन २०८१ साल वैशाख २१ गते लुम्बिनीमा गर्ने निर्णय गरेको महासंघका महासचिव रोशन पुरीले जानकारी दिए ।

उनका अनुसार महासंघले जिल्ला, शाखा तथा एसोसिएट्स संस्थाहरुको अधिवेशनहरु आजैदेखि चैत मसान्तसम्म सम्पन्न गरिसक्ने र प्रदेश अधिवेशनहरु वैशाख १ गतेदेखि १२ गतेसम्म सम्पन्न गरिसक्ने निर्णय समेत गरेको छ ।

केन्द्रीय महाधिवेशनले महासंघको नयाँ नेतृत्व समेत चुन्‍नेछ ।


प्रकाशित : २०८० चैत्र ७, बुधबार १७:५४