ताजा अपडेट

लुम्बिनी प्रदेश सभा बैठक स्थगित,मंगलबार दिउँसो ३ बजे बस्ने

म ट्रम्पको आदेशमा काम गर्दिन : इजरायली प्रधानमन्त्री नेतान्याहू

रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको दोस्रो दिन सुरक्षमा कडाइ (तस्बिरसहित)

रुकुम पूर्वका समिर पुन बने ‘प्रथम लुम्बिनी लोकतारा–२०८३’

कक्षा १२ को नतिजा सार्वजनिक

अब अनलाइनबाटै डाउनलोड गर्न सकिने भयो ई–राष्ट्रिय परिचयपत्र

विश्वकपमा अब रोनाल्डो मात्र

पत्रकारको भूमिका र जिम्मेवारीबारे जोड, रचनात्मक पत्रकारिताको खाँचो : नगर प्रमुख अर्याल

देउवा दम्पतिको नेपाल फर्केर अनुसन्धानमा सघाउने प्रतिबद्धता

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

‘राजनीतिमा युवा सहभागिता, अवसर र चुनौतीहरु’

Lumbini Darpan 2 २०८० चैत्र ११, आईतवार १५:५६
[sharethis-inline-buttons]

सुरज खरेल

युवा उमेर समूह सम्बन्धमा विश्वव्यापी सहमतीको अन्तर्राष्ट्रिय परिभाषा वा मानक छैन । तथापि, साङ्ख्यिकीय उद्देश्यका लागि संयुक्त राष्ट्रघले ‘युवा’ लाई १५ र २४ वर्षको बीचका व्यक्तिहरूको रूपमा परिभाषित गरेको छ । नेपालको राष्ट्रिय युवा नीति, २०७२ ले १६ देखि ४० वर्षसम्मको उमेर समुहका व्यक्तिलाई युवाका रुपमा परिभाषित गरेको छ ।

यसका आधारमा नेपालमा कुल जनसङ्ख्याको ४० प्रतिशत बढी जनसङ्ख्या युवाको छ । यद्यपि युवाका सन्दर्भमा उमेरलाई मात्र हेरिएको पाइँदैन । उमेरले मात्र होइन विचारले पनि युवा हुनुपर्छ भन्ने मान्यता नेपालमा पनि छ । उमेरसँगै जोस, जाँगर र उत्साहलेले भरिपूर्ण हुनु युवाको विशेषता हो ।

युवा राष्ट्रको मेरुदण्ड हो । युवा राज्यका नेतृत्वकर्ता, नीति निर्माता, प्रशासक, उद्यमी, कर्मचारी तथा देशको आवश्यक जनशक्ति हुन् जसले आर्थिक वृद्धि र विकासलाई अगाडि बढाउँछन् ।

त्यसैले आर्थिक विकासमा युवाको भूमिका अतुलनीय हुन्छ । युवा तयार गर्न लामो समय लाग्ने र युवालाई खपत गर्दा देशको विकास सहज हुने भएकाले नै विकसित देशहरुले युवालाई आफ्नो देशमा ल्याउने कार्यक्रमहरु अघि सारेका हुन्छन् । युवा वेरोजगार हुनु, कुनै पनि पेशा वा काममा युवाको ध्यान नजानु देश विकासमा समस्या सिर्जना हुनु हो ।नेपाल प्रजातान्त्रिक देश हो । देश विकासका लागि सबै क्षेत्रहरूमा युवाको महत्त्वपूर्ण भूमिका हुन्छ ।

युवाले समृद्ध र निर्माणकारी राष्ट्र निर्माणमा भूमिका खेल्दछन् । तर, नेपालको राजनीतिक परिवेशमा युवाहरूलाई सामाजिक, राजनीतिक, र संस्थागत चुनौतिहरू सामना गर्नुपर्ने समस्या छ । युवाहरूको समृद्धिले देशलाई समृद्ध बनाउँछ । समृद्ध नेपाल र सुखी नेपालीको नारालाई पूरा गर्न युवालाई राजनीतिमा प्रयोग भन्दा अवसर प्रदान गर्न जरुरी छ । कगचबव पजबचभ।िवउन

नेपालको संविधान अनुसार २१ वर्ष पूरा भएको व्यक्ति स्थानीय तहमा प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र वडा सदस्य हुन पाउँछन् । प्रतिनिधि सभाका लागि २५ वर्ष र राष्ट्रिय सभाका लागि ३५ वर्ष उमेर पूरा भएको व्यक्ति उक्त सदनको सदस्य हुन सक्ने संबैधानिक व्यवस्था छ ।

यो संबैधानिक व्यवस्थाले युवाहरूलाई राजनीतिक नेतृत्वमा पुग्न ठूलो अवसर सिर्जना गरिदिएको छ । यद्यपि नेपालमा राजनीतिक सहभागिताका सन्दर्भमा युवाहरूले अनेकौँ चुनौती र अफ्ठ्याराहरु सामना गर्नु पर्ने अवस्था छ । राजनीतिक नेतृत्वमा युवाको उपस्थिति बढाउनका उमेर र शैक्षिक योग्यतालाई प्रमुख आधार मान्ने गरि दलहरुले नै बिधान परिमार्जन गर्न सकेमा मुलुकको नेतृत्व युवामा स्थानान्तरण हुँदै जाने देखिन्छ ।

युवाहरुले पनि आफूलाई शैक्षिक तथा सामाजिक रुपमा रुपान्तरण गर्दै नेतृत्वमा हस्तक्षेपकारी भूमिका खोज्नु पर्छ । “शिक्षित र असल मान्छे राजनीतिमा नआउनुको दण्ड यो हुन्छ कि अयोग्य र अशिक्षित व्यक्तिले तपाई माथी शासन गर्छ ।” भन्ने चाणक्य नीतिलाई बुझेर युवा पलायन हुनु भन्दा शासन सञ्चालन गर्ने ठाउँमा पुग्ने सक्ने गरि युवाले आफूमा दख्खल बढाउन जरुरी छ ।

पन्धौं योजनामा उल्लेख भए अनुसार युवा लक्षित नीति, योजना तथा कार्यक्रमहरुको प्रभावकारी कार्यान्वयन हुन नसक्नु, बजारको माग र जनशक्तिको आपूर्तिबीच सामाञ्जस्य नहुनु, युवा विकासको ठोस योजना नहुनु, युवासँग सम्बन्धित तथ्यांकीय आधार नहुुनु, उद्यमशीलता र रोजगारका अवसर सीमित हुुनु, ठूलो संख्यामा युवा शक्ति विदेश पलायन हुनु जस्ता कुराहरु युवाको विकास, सहभागिता र सशक्तिकरणका सन्दर्भमा देखिएका प्रमुख समस्याहरु हुन् ।

नेपालको राजनीतिक परिवेशमा युवा पलायनको प्रमुख कारण धेरै होलान् तर प्रमुख कारण राजनीतिमा असल संस्कार नहुनु हो । युवालाई प्रशिक्षित गरेर नेतृत्व क्षमता बढाउनु भन्दा उनीहरुलाई राजनीतिमा प्रयोग गरी त्यसबाट लाभ भएको ठान्नु भुसभित्र आगो सल्काउनु जस्तै हो ।

युवाको प्रमुख विशेषता चाकडी गर्न नखोज्नु पनि हो । जसले गर्दा युवले समकालीन राजनीतिक मुद्दाहरुमा अत्यन्तै छिटो समर्थन वा विरोध गरिरहेका हुन्छन् । जसले देश तथा समाजमा बिधिको शासन स्थापित गर्न दिशा निर्देशसमेत गरिरहेको हुन्छ । युवासँग नयाँ विचार र उत्कृष्ट क्षमता हुने भएकाले युवाको राजनीतिक सहभागिताले देशलाई विकासको पथमा डो¥याउन सक्छ । जुनसुकै देशमा पनि विकासको ढोका युवाहरुले नै खोलेको पाइन्छ ।

युवाहरू राजनीतिक प्रक्रियामा सहभागी हुँदा भोग्नु परेका चुनौतिहरूलाई घटाउन युवाले नै आफूलाई चिन्न सक्नु पर्छ । युवाहरूको अनुभव र क्षमता कम हुन्छ यसका लागि युवाहरूले राजनीतिमा अनुभवी नेता र नीति निर्माताहरूसँग राम्रो समन्वय कायम राख्न सक्नु पर्छ । युवाहरूले समाजिक, राजनीतिक, र संस्थागत संरचनाहरूमा प्रभाव पार्न सिर्जना गरिएका चुनौतीहरुको सामना गर्नुपर्दछ ।

युवाहरूले पक्षपातिको भावना, जटिल कानुनी प्रक्रिया र समाजमा हुने अन्याय तथा अत्याचार विरुद्ध बोल्न र लेख्न सक्ने हुनु पर्छ । युवामा हुने ऊर्जा, उत्साह र फरक दृष्टिकोण नै युवाको अमूल्य सम्पत्ति हो । जसलाई राजनीतिका नाममा युवाले मार्नु हुँदैन । राजनीतिक दक्षताका लागि युवा अध्ययनशील हुनु पर्छ । युवालाई ज्ञान र सीपले सुसज्जित बनाउनु सकिएमा युवाको शक्ति सदैब परिवर्तनकारी साबित हुन्छ ।

यसबाहेक युवाहरूलाई राजनीतिमा परिपक्ब बनाउन शिक्षा र नेतृत्व विकासको अवसर प्रदान गर्नुपर्छ । विद्यालय तहबाटै नेतृत्व विकासका विभिन्न अवसरहरु प्रदान गर्दै खुल्ला संवाद र बहसलाई प्रोत्साहन गर्नुपर्छ । उनीहरूलाई अरूको दृष्टिकोण सुन्दै आफ्ना विचार र चिन्ताहरू व्यक्त गर्ने अवसर दिनुपर्छ । आलोचनात्मक सोच र सहकार्यको संस्कृतिलाई बढावा दिएर युवाहरूलाई जटिल राजनीतिक मुद्दाहरू समाधानका सीपहरु सिकाउनु पर्छ ।

युवालाई राजनीतिक आचरणमा इमान्दारिता, पारदर्शिता र सम्मान प्रवद्र्धन गरेर उनीहरूलाई उदाहरणीय बनाउनु पर्छ । नैतिक मापदण्डहरू कायम राखेर प्रतिबद्धता प्रदर्शन गराउँदै जिम्मेवार चेतयुक्त युवाको विकास गर्नुपर्छ । आगामी दिनको दिशानिर्धारण गर्न युवाहरूलाई निर्णय प्रक्रियामा समावेश गराउन आवश्यक छ ।

समाजले पनि युवा आवाज सुन्नुपर्छ । तिनीहरूको दृष्टिकोणको सार पहिचान गरि उनीहरुको विषयत विचारको दायरा फराकिलो बनाउनु पर्छ । नेपालको राष्ट्रको नीति र प्राथमिकताहरू निर्धारण गरी युवाहरूलाई सशक्तिकरण गरेको खण्डमा मात्र देशले विकासको पथमा अघि बढ्न सक्छ ।

(लेखक खरेल राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटी अध्यक्ष हुन् ।)


प्रकाशित : २०८० चैत्र ११, आईतवार १५:५६

Lumbini Darpan 2

लेखकबाट थप

  • मिराई ल्याङ्गवेजको प्रथम स्थापना दिवसः वालगृहमा खाद्यान्नसंगै शैक्षिक सामग्री वितरण
  • बाल माविको नतिजा प्रकाशन, पुरस्कार वितरण तथा अभिभावक भेला सम्पन्न
  • कपिलवस्तु १ मा युवाहरु एमाले प्रति उत्साहित, २ सय बढी युवा एमालेमा प्रवेश
  • होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुद्धारा प्रशासनको सुचना पालना गर्न अनुरोध
  • कपिलवस्तु १ मा एमालेको चुनावी सरगर्मी बढ्दो, चौधरीलाई जिताउन मतदाता उत्साहित
प्रतिक्रिया

यो पनि पढौँ

प्रेस स्वतन्त्रताको रक्षा गर्न माग गर्दै कपिलवस्तुमा पत्रकारको प्रदर्शन

मन सफा छ, व्यवहार सरल छ

अभावबाट अवसरसम्म : आफ्नै माटोमा सुन फलाउने सुदिपको प्रेरणादायी यात्रा

विद्यार्थी जीवन ( कविता)

कला, संघर्ष र समाज रुपान्तरणको पर्याय ः सिद्धार्थ नाट्यशाला

विद्यार्थी जीवन

मेरो लक्ष्य, उज्यालो भविष्य

बिदेशिनु रहर होइन, बाध्यता हो ।

फागुन २१ को चुनाव तथा देश र जनताको भविष्य

WHO को पोलारिस : महामारीको तयारीमा म्यामोथबाट उत्पन्न काल्पनिक भाइरसको परिदृश्य

कपिलवस्तुका कक्षामा क्रान्ति : डिजिटल शिक्षाले बदलिँदैछ भविष्य

‘स्थानीय व्यवसाय माथि दवाव : नियमनको अभावमा स्थानीय उद्योग धरासयी बन्दै’

भर्खरै

  • लुम्बिनी प्रदेश सभा बैठक स्थगित,मंगलबार दिउँसो ३ बजे बस्ने

  • म ट्रम्पको आदेशमा काम गर्दिन : इजरायली प्रधानमन्त्री नेतान्याहू

  • रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको दोस्रो दिन सुरक्षमा कडाइ (तस्बिरसहित)

  • रुकुम पूर्वका समिर पुन बने ‘प्रथम लुम्बिनी लोकतारा–२०८३’

  • कक्षा १२ को नतिजा सार्वजनिक

  • अब अनलाइनबाटै डाउनलोड गर्न सकिने भयो ई–राष्ट्रिय परिचयपत्र

  • विश्वकपमा अब रोनाल्डो मात्र

  • पत्रकारको भूमिका र जिम्मेवारीबारे जोड, रचनात्मक पत्रकारिताको खाँचो : नगर प्रमुख अर्याल

  • देउवा दम्पतिको नेपाल फर्केर अनुसन्धानमा सघाउने प्रतिबद्धता

  • अध्ययन बिदा लिएर सेवामा नफर्किएका प्राध्यापकलाई १५ दिनभित्र सम्पर्कमा आउन त्रिविको निर्देशन


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech