स्थापना दिवसमा पत्रकार महासंघ कपिलवस्तुद्धारा वाल गृहमा शैक्षिक र खेलकुद सामाग्री प्रदान

[sharethis-inline-buttons]

हरि आचार्य, कपिलवस्तु
नेपाल पत्रकार महासंघ कपिलवस्तुले महासंघको ६९ औ स्थापना दिवस सामाजिक कार्य गरि मनाएको छ । महासंघको स्थापना दिवसको अवसरमा महासंघ कपिलवस्तुले कपिलवस्तु वालगृहमा रहेका वालकहरुलाई शैक्षिक र खेलकुद सामग्री वितरण गरेको महासंघ जिल्ला शाखा कपिवस्तुका अध्यक्ष किरणमान बज्राचार्यले लुम्बिनी दर्पणलाई जानकारी दिनुभयो ।

उहाँले स्थापना दिवसमा सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त कार्य गरिएको बताउनुभयो । अध्यक्ष बज्राचार्यले स्थापना दिवसमा सम्पुर्ण श्रमजीवि पत्रकारहरुलाई शुभकामना व्यक्त गर्दै महासंघ श्रमजीवि पत्रकारहरुको पक्षमा रहेको बताउनुभयो । शैक्षिक र खेलकुद सामाग्री ग्रहणसंगै वालगृहका वालकहरु खुसी भएका छन् ।

सामाग्री हस्तान्त्रण कार्यक्रममा महासंघ जिल्ला अध्यक्ष बज्राचार्यसंगै, वालगृहका कार्यालय प्रमुख राम प्रसाद अर्याल, महासंघका सचिव जानु पाण्डे, कोषाध्यक्ष मोहन बेल्बासे लगायत जिल्लाका सक्रिय पत्रकारहरुको उपस्थिती रहेको थियो ।


प्रकाशित : २०८० चैत्र १६, शुक्रबार १८:०४