ब्राईट लुम्बिनीमा ब्रिज कोर्ष सञ्चालन : करियर काउन्सेलिङ्ग अभिमुखिकरण आज

[sharethis-inline-buttons]

हरि आचार्य, कपिलवस्तु

उत्कृष्ट नतिजा ल्याई जिल्लामै सर्वोत्कृष्ट शैक्षिक संस्था ब्राईट लुम्बिनी ईन्टरनेश्नल एजुकेशन (लुम्बिनी लर्निङ्ग सेन्टर प्रालिले) ब्रिज कोर्षका कक्षा सञ्चालन गर्ने भएको छ । विभिन्न भाषा, कम्प्युटर तथा ट्युसन कक्षा सञ्चालनमा उत्कृष्ट सावित कपिलवस्तुको चार नम्बर जितपुरमा रहेको उक्त संस्थाले विद्यार्थीहरुको मागलाई मध्यनजर गर्दै ब्रिज कोर्ष सञ्चालन गर्ने प्रबन्ध निर्देशक असीम कंडेल क्षेत्रीले बताउनुभएको छ ।

एस.ई.ई पछि अध्ययन गरिने विभिन्न विधाका ब्रिज कोर्ष पढ्न नपाउदा यतिबेला विद्यार्थीहरु चिन्तित अवस्थामा छन् सोहि समस्यालाई मध्यनजर गरी कक्षा सञ्चालन गर्ने भएपछि विद्यार्थीहरु खुसी भएका छन् । काठमाण्डौ तथा बुटवलका बिषय विज्ञ शिक्षकहरुद्धारा कक्षा सञ्चालन गरिने भएकाले विद्यार्थीहरुलाई जोडिन सेन्टरले प्रबन्ध निर्देशक क्षेत्रीले अनुरोध गर्नुभएको छ ।

साथै सिट सिमित भएकाले भर्नाका लागि भने आज अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको छ । साईन्स, म्यानेजमेन्ट, फार्मेसी÷ओभरसियर, ल्याव, स्टाफ नर्स लगायतका बिषयमा ब्रिज कोर्ष अध्यापन हुने बताईएको छ ।


प्रकाशित : २०८१ बैशाख ४, मंगलवार ०७:००