मोटरसाईकल चोरी नियन्त्रणमा सक्रिय बन्दै प्रहरी

[sharethis-inline-buttons]

लुदस, कपिलवस्तु
कपिलवस्तुको बाणगंगाबाट मोटरसाईकल चोरी गर्ने एक जना नवलपरासी बाट पक्राउ परेका छन । बाणगंगा ६ अमौलीबाट मोटरसाईकल चोरी गर्ने नवलपरासीको सुस्ता गाउँपालिकाका ३७ वर्षीय पियुस भनिने मिथुन सुसाधलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय पिपराका प्रमुख गोपाल जङ्ग रायमाझीले बताउनुभयो ।

गत वैशाख २६ गते अमौलीस्थित आफ्नै घरमा पार्किङ गरी राखेको लु ९० प ८३४१ नम्बरको मोटरसाईकल चोरी गरेको भन्ने उजुरी ईलाका प्रहरी कार्यालय पिपरामा परेको थियो । विभिन्न जिल्लाका प्रहरीहरुको सहयोगमा खोजतलास गर्ने क्रममा नवलपरासी बाट उनलाई पक्राउ गर्न सफल भएको रायझीले बताउनुभयो ।

इलाका प्रहरी कार्यालय दुम्किबासको सहयोगमा अनुसन्धान गर्दा उक्त मोटरसाईकल गोरखाको गण्डकी गाँउपालिका वडा नम्बर ७ का सुजन रुखापातीले नम्बर प्लेट परिवर्तन गरी चलाइरहेको पाइएको थियो । उक्त अनुसन्धान पछि इलाका प्रहरी कार्यालय बेलाटारी नवलपरासीको समन्वयमा अनुसन्धान गर्दा सुस्ताका मिथुन सुसाधले चोरी गरेको अनुसन्धनले देखाएको पिपरा प्रहरी प्रमुख रायमाझीले बताउनुभयो ।


प्रकाशित : २०८१ जेष्ठ ५, शनिबार १३:३९