बाणगंगाको कार्यापालिका बैठक : वडाको बजेट सिमा निर्धारण

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

लुदस, बाणगंगा
बाणगंगा नगरपालिकाको कार्यापालिका बैठक सम्पन्न भएको छ । बैठक नगरपालिकाको आफ्नै भवनमासम्पन्न भएको हो । बैठकले आर्थिक बर्ष २०८१/८२ को लागी वडाहरुलाई बजेट सिमा निर्धारण गर्ने निर्णय गरेको नगरका प्रवक्ता विष्णु प्रसाद पौडेलले जानकारी दिनुभयो । क्षेत्रफल, जनसंख्या, भौगोलिक विकटता र आन्तरिक आय गरि चार ओटा सुचकका आधारमा बजेट सिमा निर्धारण गरिएको उहाँले बताउनुभयो । उहाँका अनुसार वडाहरुले न्युनत्तम ९४ लाखदेखि १ करोड ३५ लाख सम्मको बजेट सिलिङ्ग प्राप्त गरेका छन् ।

वडाले प्राप्त गरेको यो सिलिङ्ग विगतका आर्थिक बर्षकै हाराहारीमा हो । प्रवक्ता पौडेलले वडाले भेलामार्फत योजना माग गरि यही जेष्ठ २५ गतेभित्र योजनाहरु नगरपालिकामा पेस गर्नुपर्ने बताउनुभयो ।
उहाँका अनुसार उक्त पेस गरिएका योजनाहरु भित्र कम्तिमा २० लाख भन्दा बढी रकमको एउटा गौरबको योजना अनिवार्य रुपमा समावेश हुनुपर्ने छ । बैठकले योजना छनोट गर्दा वडाहरुलाई आवश्यक मार्गदर्शन समेत दिएको छ ।

सो बैठकमा नगर प्रमुख चक्रपाणी अर्यालले चालु आर्थिक बर्षका योजनाहरु छिटो सक्न निर्देशन दिनुभयो । सो बैठकमा उप प्रमुख रिता कुमारी चौधरी, प्रमुख प्रशासकिय अधिकृत भक्तिराम मरासिनीले आ–आफ्नो धारणा राखेका थिए ।


प्रकाशित : २०८१ जेष्ठ ८, मंगलवार १३:४०