फमनारायण काफ्ले, कपिलवस्तु
हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेड कान्छिबजार शाखा कार्यालयले बीमा वापतरको रकम प्रदान गरेको छ । हिमालयन लघुवित वित्तिय संस्था लिमिटेडद्धारा संचालित केन्द्र नं.७८ चिउरा हिमालयन महिला केन्द्र बाट संचालित समूह नं. १ म बस्दै आउनु भयकी आसमा नाउ बिगत ३ बर्ष देखि सदस्य रहि कर्जा चलाउदै आउनुभएकोमा उहाँको निधन भएकाले उहाँको परिवारलाई बीमा वापतको रकम हस्तान्त्रण गरिएको हो ।
उहाँले लिएको ऋण १ लाख बापत गरिएको बिमाको रकम २ लाख र काज किरिया बापत २५००० सहित २ लाख २५ हजार रकम बिमा बापत आई उहाँको ऋण ६४ हजार ९ सय ४३ रुपियाँ ४० पैसा तिर्न रहेको हाल सबै तिरी उहाँको श्रीमान रोजन नाउलाई बिमा बापत को रकम १ लाख ६० हजार ५६ रुपियाँ ६० पैसा बराबरको चेक हस्तान्त्रण गरिएको हो । केन्द्र प्रमुक सिर्जना कार्की, सदस्य नारायणी पाण्डेको रोहवरमा चेक प्रदान गरिएको हो ।
रकम हस्तान्त्रण कार्यक्रममा तिलोतमा नगरपालिका वडा न १० का वडा अध्यक्ष गोपाल प्रसाद घिमिरे, हिमालयन लघुवित्त वित्तिय संस्थाका देवदह अनुगमन कार्यालयका प्रमुख कमल राज पाण्डे, कान्छिबजार शाखाका शाखा प्रमुक लक्ष्मण तिवारि र देवदह शाखाका शाखा प्रमुख फम नारायण काफ्ले साथै सोहि शाखाका क्रमचारी सुन्तली घर्ती मगर, लिलाधर जोसि, सुनिल कुमार रिदासको उपस्थित रहेको थियो ।